भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वन अभिवादन / कल्पना सिँह-चिटनिस / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अनावृत्त हौँ हामी अब
र जङ्गलको सुन्दरता तापौँ ।
 
फुकालेर फालौँ आवरणहरूलाई,
अति भइसके ती हाम्रा लागि।

जङ्गलमा ढर्रा गर्नुपर्ने खाँचो छैन
हामी जे हौँ त्यही बनौँ अब !

हामी सिँह, चिल, ब्वाँसा, स्याल
मृग, ढुकुर, देवता वा सर्प बनौँ,

यदी हामी तिनै हौँ भने…
  
अथवा रुख, पहाड, ढुङ्गा, थुम्का
वा गरेटा वरिपरि झरेका पात बनौँ ।

तिर्खाको उत्सव मनाउँदै
पधेँरो खोजौ…

आफ्नै छालामा उदिप्त हौँ हामी
अँध्यारामा, उज्यालामा,

टलक्क टल्किऔँ
घामले आसपास खेल्दा,

आवरणविहीन बनाऔँ हृदयलाई
र जङ्गलको पवित्रता धारण गरौँ अब,

पत्ता लगाऔँ अब हामी
हाम्रो प्राकृतिक आन्तरिक सुन्दरता ।