Last modified on 19 मई 2020, at 13:40

वर्षमा महिना छन् बाह्र वटा एउटा हो साउन / मञ्जुल

दाजु
 
वर्षमा महिना छन् बाह्र वटा एउटा हो साउन
के लाग्छ बेर बद्लिई अर्को महिना आउन
 
भत्काउनेहरू छन् त्यसैकारण बनाउने हामी छौँ
हर युगका पाना पल्टाई हेर हामी नै नामी छौँ
जाँ हुन्छ हिंसा, हत्या र पीडा करूणा त्यैँ हुन्छ
असत्य एकदिन पुर्पुरो समाई एक्लेर रोइरन्छ
 
गीतमा शब्द कुँदिएपछि स्वरले फिजाउँछन्
गाउँछन् तिनलाई गायकीहरूले आँसुले भिजाउँछन्
एकदिन हेर यो सारा धरा मान्छेको गीत हुन्छ
अन्यायी-पापी लाग्दछन् पाखा सत्यको जीत हुन्छ ।