भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वर्षा महिना / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


वर्षा महिना झरीमात्रै ओसैओस वनमा
गर्मी जस्तो लागे पनि चिसो पस्छ मनमा
किन होला दुखिर'न्छ महिना
 
औँलाहरू अडिदैनन् चिप्लो माटोमाथि
विश्वासमा बाढी पस्दा छुट्दै जाने साथी
मनको सुन्दर सौराहामा क्षति पुग्यो आज
उप्किएको घाउ दुख्छ हृदयको माझ
किन होला दुखिर'न्छ महिना
 
कृष्णभीरमा पहिरो जान्छ बग्छ मनको माटो
अकासिन्छ मूल्य यहाँ जीवनको साटो
पहराको ढुङ्गासरि खस्छ सबै आश
वेदनामा बल्झीर'न्छ दुई दिनको बास
किन होला दुखिर'न्छ महिना