भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वसन्त कोकिल / लेखनाथ पौड्याल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(१)
भरी लता वृक्ष विष टनाटन
नवीन लाखौं फुल पालुवाकन ।
वसन्त मायो कलकण्ठको अव
सुनिन्छ साझै कलकण्ठ-गौरव ॥
(२)
अगाडि जो दीन बनी लुकीकन
बिताउँथ्यो केवल दुःखमा दिन ।
अहो !! उही कोकिल हेर आज यो ।
प्रमोदले पूर्ण महासुखी भयो ॥
(३)
बसी बगैचा बिच मोजमा परी
नयाँ कलीला सहकार-मञ्जरी ।
चपाउँदै मस्त भयेर बेसरी
कुहुँ, कुहुँ, गर्दछ त्यो घरी घरी ।।
(४)
चलीरहेको छ सिरीसिरी हवा
झुलिरहेछन् सब मञ्जु पालुवा ।
जता दियो दृष्टि उतै खुशी मन
प्रमोदले पूर्ण नहोस त्यो किन ?
(५)
समीरले पुष्प-परागको झरी
लगाउँदा त्यो रस-रङ्गमा परि ।
झुलिरहेको छ शरीर बेसरी
मुछेर तेही रजमा घरीघरी ॥
(६)
पियेर साssनन्द रसालको रस
घुमाउँदै नेन दुवै मदाऽलस ।
सहर्ष खोली सुरिलो गलाकन
घनक्क घन्काउँछ त्यो सबै वन ।।
(७)
घरीघरी भुर्र उडी अलिकति
घुमेर शाखान्तरमा यताउती ।
बडो बहाडी रसिक बनी तहाँ
ढलीमली गर्दछ पालुवामहाँ ॥
(८)
चुचो ठड्याइकन चट्ट मञ्जरी
ढुगेर च्यापीकन देखिने गरी ।
फरक्क फर्कन्छ घरी पछिल्तिर
प्रसन्नता-साथ लतारि पुच्छर ॥
(९)
न शीत-बाधा, न त धामको डर
न बाग नाङ्गा, न त वृष्टिको पिर ।
वसम्तमा गौरवले गरीकन
खुसी छ साहै कलकण्ठको मन ।।