भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विद्यार्थी बिरालो / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


फलफूल चाहीँ नमिठो मान्छु
मासु पाए खुसीसित खान्छु
दही दूधको सौखिन भारी
म हुँ बिरालो मुसा सिकारी

छैन कसैसित झगडा मेरो
कुकुरसितको केवल फाटो
टोक्न मलाई जगर फुलाई
भुक्दै आउँछ छेक्दछ बाटो

भाषा कोमल हिक्मत चर्को
म हुँ बिरालोः होइन अर्को
आफ्नो दाउ माथि पारी
आए त्यसकन पञ्जा मारी

नबनी नहुने पढ्न समर्थ
नपढेको जुनी अर्थ न बर्थ
त्यसै हुनाले नसकी अड्न
आएँ स्कूल म पनि पढ्न

घडी हातमा बान्नु भएका
धेरै धेरै पर्ने दाम
आधा आँखा चिम्ली कुर्सीमा
गर्नु हुने आराम
हेल्मेट जसको नाउँ छ सिङ्गै
टाउको छोप्ने फलाम
मोटरसाइकलका हे मालिक
मास्टर साहेब, सलाम सलाम