भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

विरहीको भाकाले / सुरेन्द्र राना

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


विरहीको भाकाले यो मुटुलाई छोयो
एकन्तमा कल्पी कल्पी न्याउली चरी रोयो
नबजाउ सारङ्गी दाई सारङ्गीको धुन
उनैलाई सम्झी सम्झी रुन्छ मेरो मन

यो जिन्दगीले के गर्यो के गर्यो
मायाको बसाँइ सार्यो, ज्यूनु न मर्नु पार्यो
बिछोडको हुरीले, कहालिदो भुमरीले
कहाँबाट कहाँ पुर्यायो

आँसु बर्स्यो आँखाबाट, कहाँ लाग्नु ओत
ढुङ्गे मुटु हैन यो, सहनलाई चोट
झरनामा बगिजाने, पहराको आँसु
ओठभरि व्यथा लुकाई कसरी म हाँसु

तिमी गयौ तिमी सँगै, गए सारा खुसी
के गरेर बाच्नु मैले, अब एक्लै बसी
डाँडा काँडा कराउँदै, तिम्रै नाम लिन्छु
पहरामा ठोक्किएर, तिम्रै बोली सुन्छु ।