रित्तो भएको मनभित्रको कुनै रित्तो कोठामा लगिरहन्छ,
यी उज्यालो छोप्न बलेका बत्तीहरूले जलाइरहेछन् खोरम्पाहरूका बस्तीहरू।
यी लङ्गडा दौडाइहरूले कुल्चिरहेछन् कुल्चिरहेछन् तमाम अकाठमान्डौका कोमल-निर्मल सपनाहरू,यी खोक्रा उचाइहरूले प्रत्येक पल निहुर्याइरहेछन् निहुर्याइरहेछन् स्वाभिमानी ळशिरहरूलार्इ।
जीवन देख्दै नदेखी
जीवनको भ्रममा रिक्तता बाँचिरहेझैँ
आँधीले छोडेर गएको खण्डहरजस्तै।
छाम्छु, उफ्उफ् !
सनातनदेखिको रित्तो लाग्छ
मानौँ मेरो छातीमा कहिल्यै कुनै छाती नै थिएन।