भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट
न त पाखाहरूको सहनशीलता भत्किएर खसेका
पैह्राहरूका घाउका गहिराइ देखिन्छन्। देखिन्छन्।
बादल लागेको आकाशबाट
चौतारी छेउ एकअर्काका मनमा निदाइरहेका प्रेमीहरूको सपना देख्न सकिँदैन।
बस्तीका बस्ती इतिहासहरू बगाउँदै दौडिरहेको नदी पनि स्थिर देखिन्छ आकाशबाट।
डाँडाहरूका सिर्जनशील काखहरू प्रभावहीन देखिन्छन् देखिन्छन् ।मैदानमा लहलहाइरहेका सृष्टिका कोपिला र फूलहरू सुवासविहीन लाग्छन्।लाग्छन्।
कुनै आँटले कहिल्यै उक्लिन नसकेको हिमाल पनि होचो देखिन्छ।
मान्छेले आस्थाका बुट्टा कुँदेर उकासेको धरहरा पनि पुड्को देखिन्छ।