भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
हे¥यो होला पिँढीमा बसेर
गुँड फर्किरहेका
बथानका बथान साँझका गांैथलीहरूगौंथलीहरू,
सर्पजस्तो गुँडुल्किएर सुतेको गोरेटोमा
र झरे होलान् पत्रहरू भुइँभरि !
टुक्राटुक्रा आँधीलाई
खोकिलामा लुकाउँदै हेरिहोली कसैले–शुन्य आँखाले,
विघटित विपनाहरूलाई कुल्चिँदै–कुल्चिँदै
न्यास्रो–न्यास्रो कमेरोले पोतेको एउटा घरले
दार्शनिक भएर भन्यो होला
किन हराउँछन् आफंै आफैं
अरूलाई खोज्न हिँडेका मान्छे ?
अरूका लागि बाँच्दाबाँच्दै
पल्टाउँदै पुरानो अलबम
सुनसान साँझको फिका घाममा !
</poem>