भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
ठमेलको यो व्यस्त साँझमा
गल्लीहरू छिचोलेर हामी भेट भएका छांैछौं
फेरि सायद भेट हुँदैन भन्नलाई !
र आफंैसँग आफैंसँग तर्किहिँड्न स्वप्नहरूलाई प्रेम गर्नविवश छांै छौं हामी सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरांैगरौं,
टेबुलपिच्छे फरक छन् अन्तर्कथाहरू,
र मातेर टोलाइरहेका आँखामा
तरल–तरल बगिरहेको छ बिदाइ
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरांैगरौं,
केही विषादहरू छन् आधी गिलासमा
प्लेटमा चलाइरहेको काँटाले
पटक–पटक आफ्नै मुटुमा घोचेर हामी पिउँदैछांै पिउँदैछौं
अत्यासलाग्दो समयमा अन्तिम मातहरू
अनि हेर्दैछांै हेर्दैछौं
मुर्कट्टा प्रश्नका भयानक आवेगहरू
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरांैगरौं,
सर्वव्यापी शाश्वत भाषा छ मान्छेको !
अनुहारमा पोतिएको सघन उदासी,
मुस्कान र आँसु,
पीडा र अनुभूतिका खुट्टाहरू
भाषाबिनाका भाषा भएर ओहोरदोहोर गर्छन्
मनमनका कोरिडरहरू
संवादहीन भएर हामी अल्झिरहन्छांै अल्झिरहन्छौं संवादहरूमा,
किन मेट्न सकिन्न सिमाना र साँधहरू ?
मान्छे हुनुको परिचय नै किन पर्याप्त बन्दैन
मान्छेको आफन्त हुनुका लागि ?
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरांैगरौं,
पञ्चकन्याका मुस्कानमा
अथाह समुद्र,
एउटै पृथ्वीमा बसेर पनि
किन यति टाढा भइरहन्छांै भइरहन्छौं हामी ?
मुखुन्डाहरू – लाँखेका
यी सबै अपूर्ण हुनेछन्
सग्लो मान्छेको अर्थपूर्ण उपस्थितिबिना
सिल्भिया ! आजको साँझ जिन्दगीको कुरा गरांै गरौं ।
</poem>