भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार= मञ्जु काँचुली |अनुवादक= |संग्रह= }...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= मञ्जु काँचुली
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
उसको सानो सीमा
कसले भत्काएको छ र ?
फोहोरको थुप्रो, सडकको पाटी
खोलाकिनारको पेटी
डेन्ड्राइटका ट्युब
थोत्रा लुगा–कपडाका झोला
साथ कहिले नछोड्ने भुतुल्ले कपाल
नधोएका कत्ले लुगा,
ननुहाएको बोक्रे शरीर
त्यसभित्रको हीरा, पन्ना, मोतीको खुला दिल
कहिले गालाको मयलसँगै
त्यही दिल खसेको अनन्त आँसु
त कहिले चेहरामा छालको÷बादलको÷तोरी फुलेको गराको
अनजान खित्का
हेर्छ सडकमा त्यही खित्का खसेको
सँगसँगै गाडीको ताँतीको सरगम गीत
अकस्मात स्तब्ध छ ऊ त्योसँगै गाउँदैन; चुपचाप छ एकछिन
सायद पर्खन्छ उग्र आँधी, हुरी, भूकम्प, बाढीको
प्रलयनाच अर्कै सूर्यको धर्साहरूको; ताण्डवनृत्यको
यही माटोमा
पराजित ऊ
अस्वीकृत ऊ
पर्खाल र सीमाका कुरै बुझ्दैन
एक दिन एउटा अपरिचित मोटर साथीले
हुइँक्याउँछ त्यसलाई अज्ञात स्वर्गभित्रको सानो नर्कमा
हरे ! त्यसकी आमा कहाँ होली !
गलहयाइएर निकालिन्छ जब काम सिद्धिन्छ
त्यही अपरिचित मोटर साथी फर्किने क्रममा
फेरि त्यही पेटी
पेटीको उदास शान्त चेहरा बोल्छ; ऊ बोल्दैन
उसलाई फेरि देखेर
ज्यादै रमाउनेमा पर्छ त केवल
त्यही एउटा जीव
ऊजस्तै सानो छिरबिरे कुकुर !
उसको पुरानो साथी
जो कहिले शब्दले बोल्दैन
बोल्दैबोल्दैन !
यतिका उडेका, गुडेका र कुदेका पाइलाहरू
साँच्चै हो रहेछ
आफ्नै लागि मात्र कुदिरहने पाइलाहरूको
निःशब्द पेटीतिर
फर्किने आँखा नै हुँदैन
पाङ्ग्राका पाइलाहरूको आँखा नै हुँदैन
</poem>
{{KKRachna
|रचनाकार= मञ्जु काँचुली
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
उसको सानो सीमा
कसले भत्काएको छ र ?
फोहोरको थुप्रो, सडकको पाटी
खोलाकिनारको पेटी
डेन्ड्राइटका ट्युब
थोत्रा लुगा–कपडाका झोला
साथ कहिले नछोड्ने भुतुल्ले कपाल
नधोएका कत्ले लुगा,
ननुहाएको बोक्रे शरीर
त्यसभित्रको हीरा, पन्ना, मोतीको खुला दिल
कहिले गालाको मयलसँगै
त्यही दिल खसेको अनन्त आँसु
त कहिले चेहरामा छालको÷बादलको÷तोरी फुलेको गराको
अनजान खित्का
हेर्छ सडकमा त्यही खित्का खसेको
सँगसँगै गाडीको ताँतीको सरगम गीत
अकस्मात स्तब्ध छ ऊ त्योसँगै गाउँदैन; चुपचाप छ एकछिन
सायद पर्खन्छ उग्र आँधी, हुरी, भूकम्प, बाढीको
प्रलयनाच अर्कै सूर्यको धर्साहरूको; ताण्डवनृत्यको
यही माटोमा
पराजित ऊ
अस्वीकृत ऊ
पर्खाल र सीमाका कुरै बुझ्दैन
एक दिन एउटा अपरिचित मोटर साथीले
हुइँक्याउँछ त्यसलाई अज्ञात स्वर्गभित्रको सानो नर्कमा
हरे ! त्यसकी आमा कहाँ होली !
गलहयाइएर निकालिन्छ जब काम सिद्धिन्छ
त्यही अपरिचित मोटर साथी फर्किने क्रममा
फेरि त्यही पेटी
पेटीको उदास शान्त चेहरा बोल्छ; ऊ बोल्दैन
उसलाई फेरि देखेर
ज्यादै रमाउनेमा पर्छ त केवल
त्यही एउटा जीव
ऊजस्तै सानो छिरबिरे कुकुर !
उसको पुरानो साथी
जो कहिले शब्दले बोल्दैन
बोल्दैबोल्दैन !
यतिका उडेका, गुडेका र कुदेका पाइलाहरू
साँच्चै हो रहेछ
आफ्नै लागि मात्र कुदिरहने पाइलाहरूको
निःशब्द पेटीतिर
फर्किने आँखा नै हुँदैन
पाङ्ग्राका पाइलाहरूको आँखा नै हुँदैन
</poem>