भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=राजेन्द्र थापा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=राजेन्द्र थापा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatGhazal}}
{{KKCatNepaliRachna}}
<poem>

देश चिन्न मन भए, ज्यामीको सुख्खा रोटी पढ्नू
आफू चिन्न आफ्नै मुटु, कमसेकम एकचोटि पढ्नू

काठमाडौंले देश पढ्यो, देशले काठमाडौं पढ्यो
साँच्चिकै देश पढ्न, कर्णाली र डोटी पढ्नू

यसले उसलाई पढ्नू, उसले यसलाई पढ्नू
धोती पढ्नेले टोपी पढ्नू, टोपी पढ्नेले धोती पढ्नू

जति पढे नि ऐनामा त, आफैंलाई मात्र पढ्ने हो
रातको अँध्यारो मेट्न, बिहानको ज्योति पढ्नू ।

</poem>
Mover, Reupload, Uploader
9,866
edits