भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आत्मघोषणा / विमल गुरुङ

2,343 bytes added, 11:09, 26 मार्च 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

अब म घोर तपस्या गर्छु
म सोच्न थाल्नेछु
कि
मैले धेरै-धेरै महिनाहरु शुन्यमा बिताएँछु
म सोच्न थालेको छु
चल्न सक्दैन यसरी काम
अब म घोर तपस्या गर्छु
अब मेरो तपस्यालाई
कुनै सुन्दरी मेनकाको उत्तेजक हाउभाउले भङ्ग गर्न सक्दैन
अब म कष्ट भोग्छु
म कसम पिउँछु
बदलिने छ निश्चय अब मेरो चरित्र
गुमाएका
ती अमूल्य दिनहरु कल्पँदा
आजकाल म थक्थक छु
म रातो पुस्तकमा हात फैलाएर कसम पिउँछु
दोहोरिन दिने छैन अब ती गल्तीहरु
म सगरमाथालाई बिश्वास दिलाउन चाहन्छु
उठ्ने छैनन्
मेरो जीवनमा
अब ती गल्तीका टाउकाहरु ।


अब
आफ्ना रहरहरुको हत्या गर्छु
सोच्न थाकेको छु
लिनैपर्छ मैले बिगतका ती गल्तीहरुबाट शिक्षा
भोलिदेखि मलाई फेरि पुनर्जिवन प्राप्त हुँदैछ
अब म तपस्या गर्छु
तपस्या गर्ने मेरो धेरै दिनदेखिको चाहना थियो
अब म तपस्या गर्छु
तर मेरो तपस्या इतिहासका ॠषिहरुको भन्दा भिन्दै छ
भिन्दै छ भिन्दै
एकदम भिन्दै
जसमार्फत मलाई होइन
फाइदा पुग्ने छ
जनतालाई !

</poem>
Mover, Reupload, Uploader
9,789
edits