भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आपतकाल / विमल गुरुङ

3,993 bytes added, 11:10, 26 मार्च 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

राँकेभुत
छट्पटाउँछ/ अत्तालिंन्छ/ टेबुल ठटाउँछ ।

कन्चटमा हात राख्छ
तातिएको खप्परलाई एक टिन रगतमा
भिजाएर निकालेको रुमालले
हलुका बनाउन खोज्छ
चिच्याउँछ/ कराउँछ/ रिसाउँछ
रुन्छ/ हाँस्छ/ आकाशभरि पेट्रोलको नजर ओच्छ्याएर रुन्छ
ओहोर दोहोर गरिरहन्छ ।

राँकेभुत
बडो सोचमा बग्दै
ग्यालरी बैठकमा ओहोर दोहोर गरिरहन्छ
राँकेभुत
फायलको ढोका उघारेर फायलभित्रको कागज च्यात्छ
आफ्नै कपडा च्यात्छ
कहिले रेडियो फ्याँक्छ
कहिले रेडियमको लौरोले सिसा फुटाउँछ
कहिले रांकेभुत
ग्यालरी बैठकमा सम्मानसाथ सजाएको
हिटलर, मुसोलोनी, र तोजोको तस्बीरमुनि घोप्टो परेर रुन्छ ।

कहिले राँकेभुत
बाघ ! बाघ !! भन्दै आधिरातमा
सुनको खटियाबाट तर्सेर ब्युँझन्छ
पानी पानी भएर
चिसो चिसो भएर
ठण्डा ठण्डा भएर
राँकेभुत कराउँछ/ चिल्लाउँछ
चिच्याउँछ/ रिसाउँछ
छट्पटाउँछ/ बरबराउँछ
टेबुल मुड्की मुड्कीले ठटाउँछ
जिउँदा जाग्दा घामका रोशनीहरु देखेर
तल बगैंचामा चोर-पुलिस खेल खेलिरहेका
कलिला केटकेटीहरुलाई
हिराको घ्यालबाट
राँकेभुत हकार्छ/ झपार्छ
जिउँदा जाग्दा घामका रोशनीहरु देखेर
राँकेभुत दिउँसै
टाउकोमा कालो बत्ती बालेर सुनको बग्गीबाट
कराउँछ/ चिच्याउँछ/ रिसाउँछ/ रिसाइटोपल्छ !
छट्पटाउँछ/ अत्तालिंन्छ/ चिल्लाउँछ/ चिल्लाइटोपल्छ !!
एक गिलास रम स्वाट्ट घांटीभित्र हालेर
टेबुलमा एक मुड्की हान्छ
मुड्की ठोक्छ
रांकेभुत हावाले घ्यालमा खड्खडाएको सुनेर तर्सन्छ
बली दिन मन्दिरमा लगेको बोको
पानीको घोचाईले पर्सन्छ
राँकेभुत बडो सोंचमा डुब्दै
ग्यालरी बैठकमा ओहोर दोहोर गरिरहन्छ
ओहोर दोहोर गरिरहन्छ
छोरीका कोठामा पसेर सेतै फुलेको
बूढो राँकेभुत आफ्नै छोरीसित सम्भोग गर्न थाल्छ
बूढो राँकेभुत गर्न थाल्छ ।

</poem>
Mover, Reupload, Uploader
9,789
edits