भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

रुख
त्यस रुख
रोगको प्रारम्भिक छडीले
स्पर्श गरेको थियो जसलाई,
त्यस बखतदेखि
जुन बेला
लगातार मृत्यु भइरहेको थियो कमिलाहरुको
टाउको भारी भएर
हातमा-खुट्टामा-औंलाहरुमा
र पाखुराहरुमा गोलीका दानाहरु
हुत्याएर के हुन्छ !
के भएको छ !
ताक्नुपर्ने हो मुटुतिर
दुलोबाट हेरेर निशाना
राख्नुपर्ने हो अग्ला घरहरुतिर
मुखको चेपबाट र्‍याल झरिरहेको
आँखामा भत्कंदै गइरहेको
जीवनको आभाष टाँसिरहेको
मक्किएका हड्डीका तोरनहरु बोकेर
गाईमाथि चढेर बेचिन्ता कर्कश
आवाज बोलिरहेको
कम्मर बिरामी रुखका
पातहरु खसालेर हल्लाइदिएर
त्यसका हाँगा-हाँगाहरु भाँचेर
चढाएर/ पहाडहरु चढेर
हिंडाएर जहाजमा बसी
खानाको खोजीमा समुद्रतिर हेर्दै
सडकमा लाम लगाएर मान्छेहरुलाई
एकादेशको पहाड र पर्बतका
अपरिचित
खोंच र खोल्साहरुमा
पुर्‍याएर अलपत्र पार्ने गान्धी जी
उहाँ गान्धी हुनुहुन्छ !
बिलायो !
गान्धी बिलायो !

</poem>
Mover, Reupload, Uploader
9,789
edits