भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

आगोहरु-जिन्दाबाद ! सरासर पानीहरु मुर्दाबाद!
मुर्दाबाद-पानीहरु ! जिन्दाबाद-आगोहरु !
जिन्दाबाद आगोहरु !
सरासर आगोहरु-जिन्दाबाद !
ढुँगेकालदेखि नै
पानीहरुले
आगोहरुको छातीमा घोडा हाँक्दै आइरहेका छन्
ढुँगेकालदेखि नै
पानीहरुले
सोझा आगोहरुलाई सोघ्याउँदै आइरहेका छन्
ढुँगेकालदेखि नै
पानीहरुले
आगोहरुको पसिनाको अपमान गर्दै आइरहेछन्
ढुँगेकालदेखि नै
पानीहरुलाई
आगोहरुले पोल्दै आइरहेका छन्
ढुँगेकालदेखि नै पानीहरुले
आगोहरुलाई सास्ती दिंदै आइरहेका छन्
आगोहरु !
दिउँसै निदाइरहेका हैजाका पोकाहरु !
उघार आ-आफ्नो आँखाका घ्यालहरु ...
अकापट्टि पन्छाऊ !
आ-आफ्ना नेत्रका पर्दाहरु ...
आगोहरु सरासर-जिन्दाबाद ! पानीहरु मुर्दाबाद !
मुर्दाबाद-पानीहरु
जिन्दाबाद-आगोहरु ! आगोहरु-जिन्दाबाद !
पानीहरु-मुर्दाबाद !

</poem>
Mover, Reupload, Uploader
9,789
edits