भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ढुंगा / विमल गुरुङ

3,035 bytes added, 04:59, 27 मार्च 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार= विमल गुरुङ |अनुवादक= |संग्रह= }} {{KKCatK...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमल गुरुङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

ढुंगालाई
मंगलग्रहको टुप्पीबाट
तल ।।।।
गल्छितिर झारिदिए पनि हुन्छ
नझारे पनि हुन्छ
केहि फरक पर्दैन ।

ढुंगालाई छाडै छाडा मान्छेहरुको राज्यबाट
पानी माथि गुडाउँदै
टापुहरुको राष्ट्रसम्म पुर्‍याए पनि हुन्छ
नपुर्‍याए पनि हुन्छ
केहि फरक पर्दैन ।

ढुंगालाई
फिडेल, अराफात र बेनिजिरसंग पराएपनि हुन्छ
नगराए पनि हुन्छ
ढुंगालाई जे गरेपनि हुन्छ
ढुंगालाई जे नगरे पनि हुन्छ ।

ढुंगालाई
मरुभूमिको तातो बालुवामा लगेर
मिल्काए पनि हुन्छ
आफ्नो
आलिंगनभित्र सुरक्षित राखे पनि हुन्छ ।

ढुंगालाई
कुपिको समिप राखेर पढाए पनि हुन्छ
नपढाए पनि हुन्छ
जे गर्दा पनि हुन्छ ।

ढ्ंगालाई औंसीको रातमा
खेतमा लगेर हलो जोताएपनि हुन्छ
नजोताए पनि हुन्छ ।

झोलामा
पुस्तक र कापीहरु राखिदिएर
ढुंगालाई बिद्यालय पठाए पनि हुन्छ
नपठाए पनि हुन्छ ।

हामी सिर्फ ढुंगाहरु !
खुब हामी सहनशील छौं !
ढुंगालाई अचानोमा राखेर खुकुरीले काटे पनि हुन्छ
कराहीमा भुटे पनि हुन्छ ।

ढुंगालाई भैंसीसंग लाप्पा खेलाएपनि हुन्छ
ढुंगालाई दोकानको सिसाभित्र सजाएपनि हुन्छ
ढुंगालाई क्लबमा लगेर नचाए पनि हुन्छ
हामी सिर्फ ढुंगाहरु !
हामी सिर्फ नोकरहरु !
ढुंगालाई जे गर्दा पनि हुन्छ/ जे नगर्दा पनि हुन्छ
ढुंगालाई जे गरे पनि हुन्छ
ढुंगालाई जे नगरे पनि हुन्छ ।

</poem>
Mover, Reupload, Uploader
9,789
edits