भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

तपाईँहरू भव्य कुर्सीमा आसीन हुनुहुन्छ
पारिश्रमिक पनि आकर्षक नै छ
जताततै मान छ, सम्मान छ
धाक छ, हाँक पनि छ
तर पनि मलिन र क्लान्त छ मुहार
सन्तुष्ट हुनुहुन्न क्यार रत्तिभर पनि
मान्छेहरू बुझ्दै–बुझ्दैनन् तपाईँको मर्मलाई
बिचरा कति तनावग्रस्त हुनुहुन्छ तपाईँहरू ?

आकर्षक भत्ता पाउनु पनि एउटा तनाव हो
चिल्लो गाडीमा गुड्नु पनि तनाव नै हो
वरपर हरेक समय जम्मा भएका चाकडीबाजहरूको
मान, सम्मान र प्रशंसा भोग्नु पनि तनाव नै हो
मन नपराउने, समर्थनमा हात नउठाउनेहरूको
खप्की खानु पनि त तनाव नै हो
मानिसहरू बुझ्दै–बुझ्दैनन् कुरो
समस्याको चुरो
बिचरा कति तनावग्रस्त हुनुहुन्छ तपाईँहरू ?

अन्धाधुन्ध दौडमा हुनुहुन्छ तपाईँ
भ्याउनुभएको छैन यताउता हेर्न कतै
सोच्न पाउनु भएको छैन तलमाथि कतै
खोइ के गरौँ त
दोष कसको थाप्लामा हालौँ
नीति र सिद्धान्त नै
म्याराथुन दौडको जस्तो हुन गएको छ
तपाईँ दौडिरहनुभएको छ, दौडिरहनुभएको छ
अभियानमा जोजो छुटे पनि
टाउकामाथि पहाडै टुटे पनि
दौडिनु बाध्यता हो सायद तपाईँको
मूर्खहरू बुझ्दै–बुझ्दैनन् समस्या
बिचरा कति तनावग्रस्त हुनुहुन्छ तपाईँहरू ?

परिस्थिति उस्तै जटिल छ
पछाडिबाट दगुर्दै आउनेले
एकछिनमा भेट्लान् कि ?
माथि पुगेकाहरूले
स्वार्थको भुत्ते खुकुरीले रेट्लान् कि ?
उद्देश्य नै
सङ्गीतमय कुर्सी–दौडमा भाग लिनु भएपछि
लक्ष्य नै आकर्षक अझ आकर्षक
कुर्सीमा पुग्नु भएपछि
आँट गर्नैपर्योु, साठगाँठ गर्नैपर्यो
बुझ्दै–बुझ्दैनन् अविवेकीहरू
अति सास्ती खेपिरहनुभएको छ तपाईँहरू
बिचरा कति तनावग्रस्त हुनुहुन्छ तपाईँहरू ?

समस्याको ओइरो–पहिरो छ तपाईँसँग
यत्रो राष्ट्र छ, राष्ट्रको समस्या छ
धराप छ, धाप छ
विकासको समस्या छ, निकासको समस्या छ
अघिपछि जन्तीजस्तै भीड लागेको छ
सोच्नेसमेत फुर्सत छैन एकछिन
खोइ के गरौँ ?
मान्छेको मति उस्तो हो कि
विद्यमान परिस्थिति उस्तो हो
बुझ्दै–बुझ्दैनन् तपाईँलाई, तपाईँको मर्मलाई
बिचरा कति तनावग्रस्त हुनुहुन्छ तपाईँहरू ?

चिन्ता नगर्नुहोस्
चिन्तनलाई फेर्नुहोस्
कतै पनि नहेर्नुहोस्
आफ्नो बन्दोबस्त गर्नुहोस्
स्वार्थको व्यूहमा विवेकलाई थुन्नुहोस्
सुन्नुहोस्, शकुनिको बाटोलाई
नीतिलाई चुन्नुहोस्
प्रतिद्वन्दीलाई पुर्ने
गहिरो खाडल खन्नुहोस्
सफलता तपाईँकै हो,
फलप्राप्ति तपाईँकै हो
कराइरहेछन् अविवेकी मूर्खहरू
केही छैन, कराउँदै गरून् कराउनेहरू
आफ्नो गति नछाड्नुहोस्
बुझेकै छन् बुझ्नेहरूले तपाईँको समस्या
बिचरा कति तनावग्रस्त हुनुहुन्छ तपाईँहरू ?
</poem>
Mover, Reupload, Uploader
9,789
edits