भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

चिप्लो, एकदमै चिप्लो
लेउ लागेको ढुङ्गोभन्दा पनि चिप्लो
नरम, एकदमै नरम
कपासभन्दा पनि नरम
प्रत्येक पल शब्दका जालहरू फिँजाउने
स्वभाव माधुर्ययुक्त र अत्यन्त सरल
आँखा स्नेहले धपक्क बलेजस्ता
अहो ! चमत्कारैचमत्कारले भरिपूर्ण
यस्तैयस्तै हुन्छ प्रकृति ब्वाँसाहरूको ।

उचाइ अग्लो भए पनि होचो भए पनि
भुक्लुक्क परेको भुक्लुक्के भए पनि
खपटे, झिनो र दाप्सी परेको भए पनि
आकृति जस्तो भए पनि
प्रकृति ठ्याम्मै उस्तै हुन्छ
स्वभाव षड्यन्त्रकारी र खस्तो हुन्छ
नगर्नोस् मित्र यो प्रश्न
“ब्वाँसाहरूको रङ कस्तो हुन्छ ?”

नरमनरम सुन्दर भुवाहरूले
ढाकिएको हुन सक्छ शरीर
हत्केलाहरूमा वास गरेको हुन सक्छ चिप्लोपना
ओठहरूमा लागेको हुन सक्छ लेप मुस्कानको
नम्रताको पाइनले
छोपेको हुन सक्छ कपटका हतियार
तपाईँहरू जो पर्नुभएको छैन
विषाक्त कन्याइहरूमा
अनभिज्ञता जाहेर गर्नसक्नुहुन्छ
अनि प्रश्न गर्नसक्नुहुन्छ
“कस्तो हुन्छ रङ ब्वाँसाहरूको ?”

रङ कस्तो हुन्छ यिनीहरूको
यो कुनै महङ्खवको प्रश्न होइन
औसत तौल कति हुन्छ शरीरमा ?
यसले कुनै माने राख्तैन
उचाइ अनि अनुहारको बनोट
सामान्य कुरा हुन्
मेरो सोचाइमा,
मेरो विचारगराइमा या
भनौँ मेरो भोगाइ र
अनुभव व्यक्तगराइमा
सेतो एकदम कपासजस्तो सेतो
खैरोखैरो या लामालामा भुत्ला भएको
एकदमै कालो रङको वा टाटापाटा परेको
जे भए पनि, जस्तो भए पनि
स्वभाव उस्तैउस्तै हुन्छ
गर्दै नगरे हुन्छ यो प्रश्न
“ब्वाँसाहरूको रङ कस्तो हुन्छ ?”
</poem>
Mover, Reupload, Uploader
9,789
edits