भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हुरी चलेको छ / कुन्ता शर्मा

3,981 bytes added, 09:36, 9 अक्टूबर 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

शान्त देखिँदा–देखिँदै
सर्वत्र हलचल भयो
चलायमान भयो सारा प्रकृति
जडहरू पनि चेतनतुल्य बने
लामो समयपछि
उथल–पुथल भयो सृष्टि
हुरी चलेको छ, हुरी चलेको छ ।

डढेलाहरू दगुर्न थाले
लहरहरू गर्जन थाले
निस्तब्धता फेरियो कोलाहलमा
मौनता घेरियो खैलाबैलामा
चलमलायो मुर्दा शान्ति बेसरी
हुरी चलेको छ, हुरी चलेको छ।

रूखहरू हुइयँहुइयँ कराउन थाले
पत्करहरू जीवन्त बनेर दगुर्न थाले
शान्त आकाश हुङ्कार गर्न लाग्यो
बिजुली झिलिक–मिलिक दगुर्न थाल्यो
बेग्लै देखिए छटाहरू
भिन्नै देखिए दृश्यावलीहरू
आँखाहरू तिर्मिराउन थाले
भयावह लाग्छ सारा परिवेश
हुरीले हुङ्कार गीत गाएको छ
हुरी आएको छ, हुरी आएको छ

प्रकृति चलायमान छ
पहेँला पातहरू समाधिस्थ हुँदै छन्
नयाँनयाँ पालुवा पलाउँदै छन्
भाँचिँदै छन् लड्दै छन् जर्जरहरू
ऊर्जा थप्दै छन् उर्वरहरू
सबैसबै कुराहरू बेग्लै भएका छन्
पातहरू फरफराइरहेका छन्
हाँगाहरू मच्चिरहेका छन्
रूखहरू हल्लँदै छन्
हुरी चलेको छ, हुरी चलेको छ।

सधैँ कसरी शान्त बस्न सक्छ प्रकृति
सधैँ कसरी एकतमास हुन सक्छ स्थिति
भाँचिनुपर्छ, समाधिस्थ हुनुपर्छ घोद्राहरू
दृश्यहरू बेग्लैबेग्लै छन्
भुमरी उठको छ, धुलो उडेको छ
धूलधुसरित छ परिवेश
अवरोधहरू निस्प्रभावी छन्
छेकेबारहरू लाचार छन्
रोमाञ्चित छन् मनहरू
उत्तेजित छन् हृदयस्पन्दनहरू
रौद्र बनेको छ सृष्टि
हुरी चलेको छ, हुरी चलेको छ।

केही पछि मौन हुनेछ आकाश
बन्द हुनेछ मेघमल्हार
वर्षा थामिनेछ
प्रकृति शान्त हुनेछ
कुहिरो फाट्नेछ,
घाम झल्मलाउनेछ
धरती धपक्क हुनेछ सुन्दरताले
समयले प्रकृतिमा नवीनता भर्न लागेको छ
नयाँ निर्माणको सिलसिला चलेको छ
हुरी चलेको छ, हुरी चलेको छ ।
</poem>
Mover, Reupload, Uploader
9,789
edits