भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

कहालीलाग्दो अतीत
वर्तमान हुनुभन्दा पहिले
सर्वत्र निस्तब्धता छायो मध्यरात्रिजस्तो
ओठ–ओठमा भोटे ताल्चा कसिए
सियो खस्दा पनि झसङ्ग भए मनहरू
जीवन जीवन्तताविहीन बन्यो
मात्र जङ्गबहादुरहरू कुर्लिरहे
मात्र घोडाहरू हिनहिनाइरहे ।

समय छिप्पिँदै गयो सुस्तरी–सुस्तरी
परिवेश चलमलाउँदै गयो बिस्तारै–बिस्तारै
बत्तीहरू फाट्टफुट्ट बल्दै गए
जीवनहरू फाट्टफुट्ट ढल्दै गए
हावा आँधी बन्यो, त्रास फेरियो साहसमा
आत्मरक्षा फेरियो बलिदानमा
गल्र्यामगुर्लुम लडे निरङ्कुशताहरू
एउटा शान्त रक्तिम प्रभातको उदय भयो ।

तर हिजोआज दिशाहरू धमिला छन्
मनहरू अप्रसन्न र अमिला छन्
सोचेजस्तो भएन वर्तमान
खोजेजस्तो भएन वर्तमान
भन्नै नसकिने भो
कुनकुन अनुहारमा पुनर्जीवित
भए जङ्गबहादुरहरू
कुन–कुन व्यवहारमा प्रतिबिम्बित
भए जङ्गबहादुरहरू
चनाखा भएनन् पहरेदारहरू
बिस्तार–बिस्तारै ब्यूँझदै छन् जङ्गबहादुरहरू
बिस्तार–बिस्तारै चलमलाउँदै छन् घोडाहरू
जड भएको जङ्गबहादुर फेरि पनि ब्यूँझियो भने
उठाएको टापले घोडाको फेरि पनि भुइँ छोयो भने
मुठ्याएको तरबार फेरि पनि
गतिशील भयो भने
फेरि ब्यूँझियो भने इतिहास
फेरि पुनर्जीवित भयो भने निरङ्कुशता
फेरि जीवन्त बने भने घटना–दुर्घटनाहरू
फेरि चले भने आँधी अत्याचारका
फेरि भयकम्पित भए भने मनहरू
फेरि त्रसित भए भने अभिव्यक्तिहरू
यहाँ जुनसुकै बेला जेसुकै हुन सक्छ
शान्त प्राङ्गण कोलाहलले छुन सक्छ
त्यसैले सावधान मित्रहरू ! सावधान !
कोत हुनुभन्दा पहिले
रक्तपात हुनुभन्दा पहिले
जङ्गबहादुरहरू चलमलाउनुभन्दा पहिले
घोडाहरू हिनहिनाउनुभन्दा पहिले
घोडाहरूले उठाएको टाप टेक्नुभन्दा पहिले ।
</poem>
Mover, Reupload, Uploader
9,789
edits