भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मन–प्रदूषण / कुन्ता शर्मा

5,076 bytes added, 09:51, 9 अक्टूबर 2018
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

जीवन वायु पर्याप्त छैन
मिश्रित छन् विषाक्त धुवाँहरू
लाचार छन् श्वासप्रश्वासहरू
कताकता केके गन्हाएजस्तो लाग्छ
हावाले बास्ना होइन
दुर्गन्ध बोकेर ल्याएजस्तो लाग्छ
झुण्डका झुण्ड सुगन्ध बोकेर
बग्ने बतास
दुर्गन्धित भएको छ हिजोआज
हावा नराम्ररी प्रदूषित
भएको छ हिजोआज ।

पानी प्रदूषित छ
मुहान धमिलिन लागेपछि
कसको के लाग्छ
चिन्तन अमिलिन लागेपछि
कसको के लाग्छ
निर्बाध बग्न पाउनुपर्ने पानीमा
सगर्व भित्रिँदै छन् दुर्गन्धित ढलहरू
निस्फ्रिक्री मिसिँदै छन् फोहोरी नलहरू
पानीलाई पानी भन्न नमिल्ने भयो
पानीले फोहोर बगाउने होइन
फोहोरले पानीको अस्मिता निल्ने भयो
न खान सफा छ न रङ सुकिलो छ
पहेँलो–कालो भएर
पानी प्रदूषित भएको छ हिजोआज ।

माटो प्रदूषित छ
भूगर्भभित्र माटो
खोज्नुपर्ने भएको छ
माथि जहीँतहीँ खाडल परेको छ
कहीँ कुकुर मरेको छ,
कहीँ मुसो कुहिएको छ
लथालिङ्ग छ, भताभुङ्ग छ
माटो भेटिँदैन मात्र फोहोर देखिन्छ
केवल दुर्गन्ध भेटिन्छ
हिजोआज के भएको छ
कोनि माटोलाई
जताततै बिरूवा होइन
विकृति उमार्न थालेको छ
टेक्न र टिक्न नसकिने गरी
माटो प्रदूषित भएको छ हिजोआज ।

ध्वनि, ध्वनिमात्र रहेन
आगजनीसरह भएको छ
कोमलता कोलाहलमा
फेरिन लागेको छ
चारैतिरबाट व्याकुलताले
घेरिन लागेको छ
परिवेशले कानमा
कपास कोच्नुपर्ने भएको छ
चारैतिरको कर्कश आवाजले
नराम्ररी घोच्न लागेको छ
भिन्नता छैन कुनै गीत र कोलाहलमा
मधुरता फे“रिदै गएको छ हलाहलमा
वातावरण हस्स गन्हाउन
थालेको छ ढुँडीजस्तो
थामीनसक्नु भएर
ध्वनि प्रदूषित भएको छ हिजोआज ।


हावा शुद्ध छैन
पानी दूषित छ
माटो माटोजस्तो रहेन
ध्वनि, ध्वनिमात्र नभई
आगजनीसरह भयो
मनमात्र प्रदूषित नभए हुने
चिन्तनमात्र कलुषित नभए हुने
मनले जताततै वास नबसे हुने
जसलाई पायो त्यसलाई
अँगालामा नकसे हुने
तर मन पनि
बरालिन थालेको छ हिजोआज
जताततै ओथारा बस्न
वैरी पोस्न थालेको छ हिजोआज
आत्मीय सम्बन्धहरूमा
अगुल्टो झोस्न थालेको छ हिजोआज ।

चिन्तनको ओजोन पातलिँदै गयो
प्वालमात्र परेन ह्वाङ्ग नै भयो
विकिरणहरू भित्रिइरहेछन् लगातार
वातावरण मात्र होइन चिन्तनसमेत
बिग्रँदै गएको छ हिजोआज
मन पनि नराम्ररी
प्रदूषित भएको छ हिजोआज
</poem>
Mover, Reupload, Uploader
9,789
edits