भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

कसले सञ्चालन गर्योa
विद्युतीय तरङ्गहरू मनमस्तिष्कमा
स्वच्छन्द निर्बाध मुस्कुराइरहेको
शारदी जूनले
या पातपातमा
स्वर्गीय छटा फिँजाइरहेकी जुनेलीले ।

आकाश स्वच्छ निर्मल नीर निलिमायुक्त
प्रकृति एकान्त कुनाको कुनै सरोवरजस्तो
कतै कुनै विषाद नभएको सुन्दर मुहारजस्तो
अत्यन्त भव्य अनि निर्मल शारदी आकाश
लामो क्रोधपछि शान्त भएका नदीहरू
बादलको बख्खु मिल्काएर ओभानो भएको प्रकृति
चाँदीका पात–पातमा नृत्य गरिरहेकी जुनेली
आह्लादित अनि व्यथित मन
किंकर्तव्यविमूढ शब्दहरू, वाक्यहरू
विस्मित भावना नत–शिर कलम
अवर्णनीय, मोहक सुन्दरता संरचना गर्योी कसले
अथाह आकाशबाट
अमृत सिञ्चन गर्दै मुस्काइरहेको जूनले
या पात–पातमा स्वर्गीय छटा फिँजाइरहेकी जुनेलीले ।
</poem>
Mover, Reupload, Uploader
9,783
edits