भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

ऊ लगातार–लगातार बर्बराइरहेछ
अनि बर्साइरहेछ गालीहरू
म दाह्रा किट्दै सुनिरहेछु
जथाभावी बोलिरहेछ, बेइज्जत गरिरहेछ
उपहास गरिरहेछ, लाञ्छित गरिरहेछ
फोहोर–फोहोर शब्दहरू प्रयोग गरिरहेछ
अब भत्कन लागिसक्यो धैर्यको बाँध
अब त सीमा नाघिसक्यो सहनुको
कतै कुनै हद बाँकी नराखी
गाली–बेइज्जती गर्यो आमालाई
त्यसले गाली गर्योज आमालाई ।

त्यो बदमास सैतान छुल्याहा
युद्ध मचाउँछ भाइ–भाइमा
रक्तपात गराउँछ आफूआफूमा
अनि आहत बनाउँछ आमालाई
त्यो आगो सल्काउँछ घरमा, बस्तीमा
अनि घाइते बनाउँछ आमालाई
उक्साएर सोझा भाइबहिनीहरू
चुलीमा पुगेर महङ्खवाकाङ्क्षाको
अङ्गभङ्ग गर्ने योजना गर्छ आमाको
न्यानो काख बिर्सेर आमाको
दुष्टहरूको इसारामा नाच्छ
गौरवगाथा बिर्सेर आमाको
धुन्धकारीले झैँ धरधरी रूवायो आमालाई
त्यसले गाली गर्योआ आमालाई ।

पानी खान्छ यतैको, सिता निल्छ यतैको
सास फेर्छ यतैको, गाँस पनि निल्छ यतैको
अनि चाकरी गर्छ अन्तै कतैको
बनेर बफादार चारखुट्टे
सलामी बजाउँछ अन्त कसैको
महाङ्खवाकाङ्क्षाले पागल बनेर
त्यसले धुरूधुरू रूवायो आमालाई
त्यसले गाली गर्योे आमालाई ।

आमा पहाडका छातीहरूबाट
सहस्र धारा रस बगाएर
मधेसमा सिञ्चन गर्छिन्
आमा हिमालको शीतल पङ्खा हम्किएर
तराईमा जीवन भर्छिन्
आमा तराईमा अन्न उब्जाउँछिन् र
पहाडमा खोले भात खुवाउँछिन्
हिमाल, पहाड र तराईको सुन्दर संयोजनमा
भाँजो पार्न खोज्यो त्यसले
वैमनस्य गराउन खोज्यो त्यसले
घोर चिन्ता र कष्ट दियो आमालाई
त्यसले गाली गर्यो आमालाई ।

आमाको अखण्डता,
आमाको गौरवपूर्ण इतिहास
कुनै पनि समयमा
कुनै पनि शक्तिको सामु
दासत्व नस्विकारेकी आमा
विश्वको सर्वोच्च मुकुट लगाएकी
अङ्ग प्रत्यङ्गमा समृद्धि र उर्वरता बोकेकी
सच्चरित्रताकी प्रतिमूर्ति सीताकी आमालाई
शान्तिका अखण्ड दूत बुद्धकी आमालाई
गर्नु–नगर्नु अपमान गर्योल आमालाई
त्यसले गाली गर्‍यो आमालाई ।

भाइबहिनीहरू लखेटौँ, लखेटौँ त्यसलाई
नाङ्गेझार पारौँ त्यसलाई
त्यस राष्ट्रघाती दुष्ट फटाहालाई
टेक्न नदिऔँ यस पवित्र माटामा
हिँड्न नदिऔँ हाम्रो बाटामा
लाग्छ टुक्राटुक्रा पारौँ त्यसलाई
अनि खुवाऔँ इमान्दार कुकुरहरूलाई
सत्यानाश पारौँ त्यस गद्दार छद्मभेषीलाई
साह्रै नै लाञ्छित गर्योन आमालाई
त्यसले गाली गर्यो आमालाई ।

लुम्रीझुम्री तर तेजस्विनी
सहस्र कर्मठ वीरहरूकी जननी
कहिल्यै नझुक्ने कहिल्यै नहार्ने
कहिल्यै दासत्व स्वीकार नगर्ने
त्याग र ममताकी खानी
वन्दनीय अनि पूजनीय आमालाई
वेश्याको उपाधि भिरायो आमालाई
साह्रै नै अपमानित गर्योा आमालाई
त्यसले गाली गर्यो आमालाई ।

नसानसामा रगत उम्लिरहेछ
उत्तेजनाले हृदयगति बढेर
थेगीनसक्नु भएको छ
क्रोधाग्नि दन्किरहेछ मस्तिष्कमा
उडिरहेछन् आक्रोशका झिल्काहरू
लाग्छ खुला चौतारामा उभ्याऔँ
र छाला काढौँ त्यसलाई
रक्ताम्य पारौँ र नुनचुक दलौँ त्यस निर्लज्जलाई
खेदौँखेदौँ र ब्रह्माण्डतिर नै हुइँक्याइदिऔँ त्यसलाई
टेक्न नपाओस् धरतीको कुनै कुनामा पनि
छोरो नामको नराधम त्यो
धूर्त, गद्दार अनि दलाल त्यो
ठूलै दुस्साहस गर्योद
अनि जथाभावी बोल्यो आमालाई
त्यसले निकृष्ट बोली बोल्यो आमालाई
त्यसले गाली गर्योो आमालाई ।
</poem>
Mover, Reupload, Uploader
9,783
edits