भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कुन्ता शर्मा
|अनुवादक=
|संग्रह= मेरो मान्छे / कुन्ता शर्मा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

सन्त्रास कुहिरोजस्तो भएर
चारै दिशाहरू छोप्छ
सन्त्रास पहिरोजस्तो भएर
सपनाहरूमा अवसाद पोख्छ
हरेक क्षण, प्रत्येक पल
पैतालाहरूलाई फलाम बनाउन प्रयत्नरत
युध्द लडिरहेछु म सन्त्राससँग ।

सन्त्रास आँधीजस्तो भएर
पछि–पछि लाग्छ
सन्त्रास हुरीजस्तो भएर
अघि–अघि कुद्छ
सशङ्कित–सशङ्कित नियाल्छु चारैतिर
कहाँ कुन ज्वालामुखी फुट्ने हो र
आकाङ्क्षा र सपनाहरू निर्मम भएर भुट्ने हो
मनलाई इस्पात बनाउन प्रयत्नरत म
युध्द लडिरहेछु सन्त्राससँग ।

सन्त्रास मध्यरातको निस्तब्धताजस्तो भएर
परिवेशभरिभरि फैलन्छ
कतै प्रवेशमार्ग नभए पनि
सन्त्रास मस्तिष्कका मसिना रेसाहरू छोप्न पुग्छ
सन्त्रास रक्तसञ्चालनसँगै
नसानसाहरूबाट दगुर्दै
मुटुका भित्री कोषहरूमा छिर्छ
सन्त्रास एउटा दुरूह व्यूह बनाएर
सपनामात्र होइन
जीवनसमेत खग्रास पार्न खोज्छ
तर पनि अविचलित म
युद्ध लडिरहेको छु सन्त्राससँग ।

सन्त्रास एकदमै नदेखिने
सूक्ष्मतर रसायनिक विषाणु भएर
ध्वस्त पार्छ मस्तिष्कका रेसारेसाहरू
नष्ट पार्छ शरीरका कोशिकाहरू
डरलाग्दो फणा फिँजाएको सर्पजस्तो
आँधीले हल्लाएको रूखजस्तो
बाढी कुदेको भूमिजस्तो
सन्त्रास सर्वत्र सर्वनाश गर्न
प्रयत्नरत हुन्छ
तर पनि आफ्नो अस्तित्वरक्षार्थ
बटुलेर सम्पूर्ण साहस र ऊर्जा
सामना गरिरहेछु चुनौतीसँग
युध्द लडिरहेछु सन्त्राससँग ।

</poem>
Mover, Reupload, Uploader
9,789
edits