<poem>
रहरहरू खेलिरहन्छन् खेलिरहन्छन् निरन्तर।
म हेरिरहेछु,
फुटाउँछन् मनमा भएका खेलौनाहरू ती
कोतर्छन् मनका भित्ताहरू ती
कोट्याउँछन् कोट्याउँछन् मनका पत्रहरू र धुजाधुजा पारेर फ्याँक्छन् ती।
थाह पाउँदैनन् रहरहरूले,
मनपर्छ केटाकेटीजस्ता रहरहरू
र मलार्इ मलाई जीवनवोध गराउँदै
घरिघरि झस्क्याइरहने तिनका खेलहरू।
झुकेर सलाम गर्छु म रहरहरूलार्इ।रहरहरूलाई।
रहरहरू नआउनु हो खेल्न भने
मन पनि म जत्तिकै खालीखाली हुने थियो।
जीवन मेरा आँखाबाट
मलार्इ मलाई थाहै नदिर्इ नदिई कहिले भागिसकेको हुने थियो।
</poem>