भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
लिएको पनि यही हो
दिने पनि यही हो
अंशमा लैजानू यी सबैसबै...
दुम्सीले माडेको फापरबारी
बाँदर लागेको लाग्ने मकैबारी।पछ्यौरीले छोपेकोसोलीको पछ्यौरीमा पोको पारेको कोदाको बीउथाममा झुन्ड्याएका खुँगी र बल्छीआँगनको कुनाको कुखुराको खोर
बुन्दाबुन्दै छोडेको डोको
एकमुठी सुकेका चोया
भूतले तर्साउने खोल्सो
लैजानू खेतमाथि बग्ने बाढी ।
लाहुरे हजुरबाले कमाएको भित्तेघडी
हजुरआमाले सिन्दुर टीका सिन्दुर–टीका गर्ने बिर्के बट्टे ऐना
बाँसको काइँयो
लैजानू गोल्चे लगाएको सन्दुसमा
पुर्खौंदेखि लुकाएका अभाव ।
वर्षौंदेखि बगाएको पसिना
छानामाथि फैलने रहरजस्ता बादलका टुक्रा
जिजु–जिजुमाको आत्मा बास बसेको आँपको रुख
बा–आमाले आगो ताप्ताताप्तै निभेको चिसो अँगेनो
पानी झर्दाझर्दै धारो जमेर भरिन नपाएका गाग्री
खडेरीले खाएपछि काँक्रा–फर्सी बेरिन नपाएका थाङ्ग्रा
उठाएर लैजानू पानी नतर्ने घरको धुरी पनि ।
अँगेनामाथि ध्वाँसो लागेका कप्टेरा
सोली र , फिपी, खुर्पा र कोदालीपुर्खाले आर्जेको दुःखलैजानू हिँड्दाहिँड्दै थाकेको गल्ली ।
मैले लिएको पनि यही हो
मैले दिने पनि यही हो
अंश लैजानु मसँग भएकालैजानू यी सबैसबै... मेरा निम्ति छोडिदिनू पुर्खाले आर्जेको दुःखछोडिदिनू यी सबै सबै…सबैप्रतिको मेरो प्रेम !
</poem>