भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
{{KKCatNepaliRachna}}
<poem>
धर्तीले ठाउँ छोडेर उडिरहेको बेला छ,
आँधीमा टेकी हिँड्नुपरेको बेला छ,
अन्धवेगले बहेको बतासमा झुन्डिएर
ज्यान जोगाउनुपरेको बेला छ
आँगालामा मृत्युलार्इ मृत्युलाई बोकेर जीवन खोज्नुपरेको बेला छ।
मनहरूबाट कतै उडिभागे कलमहरू,
सङ्गीनहरूको पोखरीमा औँलो चोपेर लेख्नुपरेको बेला छ।
सद्दे आफूलार्इ आफूलाई भ्रममा छु कि भनेर
भत्किएर बाटाछेउ उँघिरहेका खण्डहरसँग
जँचाइमाग्नुपरेको बेला छ।
आकाश अब त्यो आकाश रहेन,
जुन बेला मनभरि विश्वास बोकेर उड्दथे चराहरू,
र यौवनजस्तै सुन्दर रहर लिएर
ओर्लन्थे धर्तीमा किरणहरू।
अहिले त,
ठाडो उभिएको आकाशमा ठोक्किएर
क्षितिजदेखि उड्दै आएका मनहरू विक्षिप्त भर्इ भई झरिरहेको बेला छ,
हाँस्दै दौडिएका रहरहरू टुक्रिई छरिइरहेको बेला छ,
खेल्दै उफ्रिएका स-साना नानीहरूका विश्वास च्यात्तिइरहेको बेला छ,
वास्तवमा,
मनहरू अनन्तसम्म उड्न पाउँदा मात्र मन हुँदा रहेछन्,
रहरहरू कतै नठोक्किर्इ नठोक्किई दौडिउन्जेल नै रहर रहँदा रहेछन्रहेछन्,
धर्ती तल भुइँमा सुते मात्र उर्वर हुँदोरहेछ,
हावाले हावाझैँ बहे मात्र प्राण जोगाउने रहेछ,
वास्तवमा,
सबै आ-आफ्ना ठाउँमै सुहाउँदा रहेछन्।रहेछन्।
आकाश ठाडो उभिँदा
सम्मानजनक बाँच्न चाहनेहरूलार्इ चाहनेहरूलाई साह्रै गाह्रो हुने रहेछ।
</poem>