भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
मेरो घरको विरुवा सर्दै सरेन, मरेन पनि भन्दै
मेरो घरको पाती पानी लाग्दै लागेन, बगेन पनि भन्दै
मलाई माया गर, म बहुलाउन लागेको छु ।
म बलिसकेँ, बलुञ्जेल दाउरा हाल, म सल्कन लागेको छु ।
ती अनुहारहरू छुन सकिएन, घामले छेकिरह्यो
ती ओठहरू छुन सकिएन, वातावरणले छेकिरह्यो
परको त्यो हामीले भिजेको परघर, यति थोरै समयमा
कति बिरानो भएछ ।
पूरा अर्काको भएछ ।
