भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
खेत-खलिहान, पाखा-भित्ता, लेक - बेसी
जतासुकै जहिलेसुकै
आँसुको चिसेनी र पसीनाको गन्धले
लतपताइरहेकै हुन्छन्-
कहिले भ्याउनु र
बाजाहरू विज्ञापनले चिटिक्क पर्नु !
कहिले उभिनु पाउनु म !
माटोलाई चुमेर लगातार बीउ रोपेको रोपेकै
यतातिर
विराट समूहले नै देश उभाउने बीउ रोपिरहेकै छ
कति अथाह समयदेखि।
 
घोप्टिएका ती असङ्ख्य नाङ्गो ढाडहरू जोडिएर त
बनेको छ देशको हरियो आँगन !
 
म कहिले सुकिलो हुनु पाउनु ?
कहिले सजिलै भन्न पाउनु मैले
रियालिटी शोको रङ्गारङ्ग मञ्चमा उभेर-
'आइ लभ इण्डिया !'
</Poem>
Mover, Reupload, Uploader
10,400
edits