भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= किनाराका आवा...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रेमिका थापा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
लौ, मैले नजानेकी जस्तो !

यो नक्सा त म झल्याकझुलुक
देखि नै रहन्छु
कम पाजी छैन ज्या......
यसको सुदर्शन लाग्ने छातीमा
अजिङ्गरको रौँ छ
खर्लप्पै निल्न सक्छ !

मलाई योभन्दा त
शोलेको भिलेन मन परेको 'थ्यो !
क्या डाइलग बोल्छ बा !

खास गरी म यसलाई मालिकको
जुलुस यात्रामा देख्छु
भोलिपल्ट यसैलाई म्युनिसिप्यालिटीको
मैला ढ्वाङमा देख्छु
मलाई विशेष घिन लाग्छ ।
ती सुकिला मान्छेहरू
मोक्ष प्राप्ति भन्छन् र
दिन-रात विकासको अन्त्येष्टि गरी
फर्कन्छन् ।

मेरो तिर्सनाको रङ्गसित
मेरो आँसुको पारदर्शी रूपसित
एक रत्ति मिल्दैन नी !

छिः जाली अनुहार !

</Poem>
Mover, Reupload, Uploader
10,400
edits