भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=रेमिका थापा |संग्रह= किनाराका आवा...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=रेमिका थापा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
(१)
घाम- पानी छल्ने छानु छैन
त्यही दुःख साझा छ हाम्रो
अरू त सबै लुछाचुँडी सक्यौँ
एकार्काको राल चाटेर हामीले
सम्झौता पनि गऱ्यौँ।
सुखहरूको निलामी भइसक्यो पहाडमा
खुशीहरू भोगिसक्यौँ
जीवन नै भोगिसक्यौँ बरू
त्यही गाँस र वास छैन
एउटै दुःख !
म एउटा अपूर्व सौन्दर्यको खोजमा छु
अथवा
त्यो असहनीय कुरूपता
जसद्वारा संसारका सारा फोहरी जड फुटेर
परिवर्तन फुलोस् र फलोस् ।
(२)
जहाँ कविता समाप्त हुन्छ
जहाँ कविता विपक्षी पार्टीको चौकी हो
जहाँ कविता चोक बजारको हिलो टेकेर
सुमेरू मञ्चको सिँढी रूँगेर बस्छ
म यहाँ छु
म आफ्नो उमेरभरिको रगतले
अमर कविता लेख्न चाहन्थे
जसलाई जमानाले सधैँभरि दोहोऱ्याइरहन सक्थ्यो !
(३)
बाहिर निस्क
वीरत्वको पराग बोक्ने स्वाभिमानी अक्षरहरू
बाहिर निस्क ।
आज कविता सडकमा ओर्लेको छ
समयको फाल्सा-फाल्सा हैकम र हुर्मत
बोकेर आज कविता
सडकमा ओर्लेको छ।
संसारमा प्रलयको सपना देख्नेहरू कम छैनन्
हर युद्ध रगतको खेल मात्र होइन
हर युद्ध विनाशको लीला मात्र होइन
विप्लवमा विचार पनि छ
विप्लवमा निर्माण पनि छ।
एक अपूर्ण न्यायको निम्ति यहाँ
अब युद्ध हुनै पर्नेछ
जसको म पहिलो सहिद हुन चाहन्छु।
(०८.०१.०७)
</Poem>
{{KKRachna
|रचनाकार=रेमिका थापा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
(१)
घाम- पानी छल्ने छानु छैन
त्यही दुःख साझा छ हाम्रो
अरू त सबै लुछाचुँडी सक्यौँ
एकार्काको राल चाटेर हामीले
सम्झौता पनि गऱ्यौँ।
सुखहरूको निलामी भइसक्यो पहाडमा
खुशीहरू भोगिसक्यौँ
जीवन नै भोगिसक्यौँ बरू
त्यही गाँस र वास छैन
एउटै दुःख !
म एउटा अपूर्व सौन्दर्यको खोजमा छु
अथवा
त्यो असहनीय कुरूपता
जसद्वारा संसारका सारा फोहरी जड फुटेर
परिवर्तन फुलोस् र फलोस् ।
(२)
जहाँ कविता समाप्त हुन्छ
जहाँ कविता विपक्षी पार्टीको चौकी हो
जहाँ कविता चोक बजारको हिलो टेकेर
सुमेरू मञ्चको सिँढी रूँगेर बस्छ
म यहाँ छु
म आफ्नो उमेरभरिको रगतले
अमर कविता लेख्न चाहन्थे
जसलाई जमानाले सधैँभरि दोहोऱ्याइरहन सक्थ्यो !
(३)
बाहिर निस्क
वीरत्वको पराग बोक्ने स्वाभिमानी अक्षरहरू
बाहिर निस्क ।
आज कविता सडकमा ओर्लेको छ
समयको फाल्सा-फाल्सा हैकम र हुर्मत
बोकेर आज कविता
सडकमा ओर्लेको छ।
संसारमा प्रलयको सपना देख्नेहरू कम छैनन्
हर युद्ध रगतको खेल मात्र होइन
हर युद्ध विनाशको लीला मात्र होइन
विप्लवमा विचार पनि छ
विप्लवमा निर्माण पनि छ।
एक अपूर्ण न्यायको निम्ति यहाँ
अब युद्ध हुनै पर्नेछ
जसको म पहिलो सहिद हुन चाहन्छु।
(०८.०१.०७)
</Poem>