भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

छेउबाट / मनप्रसाद सुब्बा

2,078 bytes added, 17:20, 2 दिसम्बर 2020
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |संग्रह= किनाराक...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मनप्रसाद सुब्बा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
गाउँका मुखिया बूढा भन्थे-
हिँडे छेउ लाग्छ.....

अरे ! यहीँ त बसेको छु म
शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर
बसेको बसेकै बसिराखेकै छु आमाको सालनालसितै
तर किन आज म छेउ लागिसकेँ हँ ?
कुन्नि कस-कसले हुत्त्याएर ठेलेर डिलमै पुऱ्याइसक्यो मलाई
डिलमुन्तिर चैँ छ मुख आँ गरिबसेको-
विलुप्तिको
ब्ल्याकहोल !
मुखिया बूढा भन्थे-
....बसे लेउ लाग्छ।

खै कुन जालीको कर्तुतले हो
यो जीउमा लेउ लाग्नै दिँदैन
डार्विनले छामेको मेरो छेपारीको लेउ
ब्लिचिङ पाउडरले पिल्साएर
मलाई भर्खरै लडिझरेको ढुङ्गा हो भन्दै
रडाको मच्चाउँछ पर्चा।

मेरी बोजू भन्थिन्-
छेउको सियो माझमा पुग्छ....

खै ! सिएको सिएकै सिएको सिएकै
तर अझै म छेउको छेउमै
माझ कुन मुलुकको नाम हो
थाह छैन।
(२८ अगस्ट २००८)

</Poem>
Mover, Reupload, Uploader
10,400
edits