भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |संग्रह= किनाराक...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मनप्रसाद सुब्बा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
र आज फेरि म माटोको कुरा गर्दैछु
कुनै दार्शनिक अर्थमा होइन
भूविद्को व्याख्या जस्तो पनि होइन
न त मूर्तिकार र कुमालेले दोहोऱ्याइरहने पुरानो शिल्पजस्तो नै
तर एक आदिम मान्छेले बाँचेको माटो
जो हजारौँ वर्ष पुरानो पसीना गह्नाउँछ
अनि हजारौँ वर्षअघिको रगत ताजा गह्नाउँछ
हो, म त्यै माटोको कुरा गर्दैछु
त्यो आदिम मान्छे जो आजको नागरिक हो
र जो मेरो अनुहारले चिनिन्छ
मेरो हरेक पुस्तासित पुनर्जन्म लिँदै आउने त्यो
आज मेरो अनुहार र चेतना भएर आएको छ
हो, त्यो आदिम नागरिक म
आफू सृष्टि भएको आदिम माटो गह्नाउँदैछु
“ तिम्रो आदिमताको प्रमाण म दिन्छु” - भन्यो मलाई हिमालले,
“म टेथिजको गर्भमा छँदा
तिमी माछा थियौ त्यो सागरको पानीमा !”
चट्टानले पनि भन्यो- “तिमी सुनाखरी फुल्यौ मेरो काप-कापमा ।”
भन्नुहोस् गुरु द्रोण !
मैले हजुरको पाउमा
मेरो दाहिने हातको बूढीऔला गुरुदक्षिणा चढाएको हो कि होइन ?
अब सबलाई भनिदिनोस् त म को हूँ यो देशमा !
ए धपाऊ न हौ ती पारिका कागहरूलाई
जो यहाँ म न्याहुल बास्दा पनि
काग् .... काग्.. - को झटारो ममाथि हिर्काउँदैछन्...
(२६ जुलाई २००८
</Poem>