भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |संग्रह= किनाराक...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मनप्रसाद सुब्बा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
मलाई अचेल
मेरै कुरा गर्न जरूरी भएको छ
म- को ज्यान जोगाउन
म- लाई थान दिन
म- को मान राख्न
म- को कुरा अत्यन्त जरूरी छ
यस्तो कि फोक्सोलाई हावा जरूरी हुन्छ
ऊ- ले मलाई तँ अर्थात् अर्का भनेपछि
यै हावाको मेरो सासलाई भिन्दै ठानेपछि
मेरो संवेदना नीलो टाँगिएको आकाशमा ऊ- ले उसको
आफ्नै कथा लेख्न थालेपछि
म-लाई म-को कुरा जरूरी भएको छ
जस्तो कि जिउँदो मुटुलाई ढुकढुकी जरूरी छ
अरू-अरू कुराहरूको चर्को आवाज मूल सडकमा गरपगरप हिँडेर
म-को आवाजलाई फुटपाथको छेउ-किनारमा पनि
उभ्न नदिएर... खै के भनूँ !
ठूल्ठूला कुराहरूको बडे बडे शब्दहरूले दखल गरेको दिमाग
म - को निजी कुरा सोच्नै नभ्याउने पनि भएको थियो
आफ्नो मनको कुरामाथि बनसाङलेहरूको उपनिवेश भएपछि
हीनताबोधको बुहारीझारहरू मात्र उम्रेर... खै के भन्नु ?
एक-दुइवटा विश्वास र भरोसा / म - लाई बाटोमै छोडिराखेर
शपिङ-मलमा पसेका थिए, कहिले निस्केनन्
तर अब
म-ले आफ्नै अनुहारको ऐना हेरेर आफैलाई चिनेको छ
जतै फर्के पनि आफूलाई देखेर बुझ्छ
कि म भनेको त हरूहरू पो रहेछ
अरू कुराहरूको हल्लालाई जितेर म-हरू आज आफ्नो कुरा
मन्त्र बराबर फलाक्दैछन्
मूल सडकै ढाकेर म-हरूले आफ्नो कुरा
आकाशको भित्तासम्म पुग्ने गरी सुनाउँदैछन्
मनले भिजेको माटोको गर्भबाट टुसाएर बढ्छ म-को रक्तबीज म-हरू
म-को कुरा मास्न खोजेर मासिँदैन कहिल्यै
ऊ-हरूले मिचेको म
आज मूल कुरा भइउठेको छ
म-ले अब यत्ति बुझेको छ
कि पहिले म नबाँची
अरूलाई बँचाउन सकिँदैन
(३१ जुलाई २००८)
</Poem>