भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मनप्रसाद सुब्बा |संग्रह= किनाराक...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मनप्रसाद सुब्बा
|संग्रह= किनाराका आवाजहरू / मनप्रसाद सुब्बा तथा रेमिका थापा
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<Poem>
कत्ति ओढिबस्नु हौ यो जैबङ्लाको जडाउरी कोट !
गह्रौँ भारीजस्तो बसेको छ यो मेरो जीउमाथि युगौँदेखि

जबर्जस्ती ओढाइदिएको यो कोट ममाथि मैले माग्दै नमागी
फुकाउनै मुश्किल परिसक्यो नि यो जीउमै टाँस्सिएर ट्याप्पै

मेरो जीउबाट निस्कने माटोको मनपर्दो गन्ध जो छ नि
त्यसलाई पनि जितेर गह्नाउँछ कोट कुहेको माछा दङदङ

यसलाई फुकाउन खोज्दा मेरो कुम मर्केको छ ढाड सडकेको छ
तर अब खुर्केर ताछेर जसरी हुन्छ उप्काउनु नै छ यसलाई

बरू रूखको बोक्राले या त मलताको पत्ता गाँसेर जीउ ढाक्छु
अनि ऐलेसम्म गुम्सिबसेको मेरो जीउको गन्धलाई मुक्त गर्छु

(३ अगस्ट २००८)

</Poem>
Mover, Reupload, Uploader
10,400
edits