भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार=नरेन्द्रप्रसाद कुमाई |अनुवादक= |स...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=नरेन्द्रप्रसाद कुमाई
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
गोर्खा – अम्बरका नव
नेता हाम्रा अतिशय प्यारा
दु:खमा सुखमा अरू आपदमा
तिमी नै सबका एक साहारा
हाम्रा आशा औ अभिलाषा, पारी सारा चकनाचूर
टुहुरो पारी गोर्खा सन्तति भाग्यौ एक्लै आज सुदूर ।।
कुसुमित जीवन, प्रमुदित यो मन
निर्धन गोर्खालीको गर्थ्यौ,
संकट हर्थ्यौ, सुख तिमी भर्थ्यौ
परहित गर्न नित अघि सर्थ्यौ
दु: ख सुखको अह! जीवन – साथीमाथि मृत्यु कसरी आयो
निर्मल, शान्त भाग्याकाशमा हठात् बदली कसरी छायो ! !
तीस लाखको हत् तंत्रीमा
झंकृत पार्दै मधुरम ताना
हिजै मात्र त तिमीले गायौ
जादूमय यो प्रेम तराना ।
मधुमय – सुखमय जीवन वनको बन्द भयो अब कोकिल गाना
रून्चे स्वरमा विरही न्याहुल विरह कहानी बोल्दछ नाना ।
किसलय दलमा, नव सुषमामा
मंजु मुनाको मृदु मरमरमा
शशिको शीतल स्निग्ध सुधामा
सन्धया हवाको अति सरसरमा
कोकिल त्यो मादक ‘कुहू‘ – मा अारूढ भैकन मधु रितु आयो
किन्त गोर्खा जगतीतलमा हिमरितुको पो राज्यो जमायो ।
सिवाय ईश्वर सारा नश्वर
गुरूजनको भो साँचो सम्मति
जीवनको सब हाँसो रोदन
बन्द गरायौ निर्मम नियति ।
जानु- आउनु, आउनु – जानु नित्य पुरातन द्वन्द्ध झमेला
आयो कोही न कोही जान्छ केवल विधिको खोक्रो खेला
जीवन सपना मृत्यु विपना
यो विपना हो केवल सपना
कर्त्ता यौटा सारा थपना
मित्थ्या मपना साँचो जपना ।
जीवात्माको गोप्य कुरा यो, तिमीकन कसले आज जतायो ?
मित्थ्या जगमा साँचो जगको कसले तिमीकन भेद बतायो ?
दुर्गम पथको लामो यात्रा
बिचरा थाके धेर ढिलाए
नवोदित सूर्य साँझ नपर्दै
व्योम बीचैमा आज बिलाए ।
क्वाँ क्वाँ गर्दै डाको छाडी रोई फेरि काली रजनी
विरह – व्याथाको राँको बाली, खोज्छ वियोग चकोर ‘सजनी‘ !!
तडपी तडपी जसरी मर्छ
मणिबिनु गोमन जलबिनु माछा
रोई रोई जसरी गल्छ
माऊ बिनाको दुखिया बाछो ।
त्यसरी तिमीबिनु आज समाज जाति नजाती मानी रून्छ
तममय पथको उज्जवल दीपक नहुँदा जनता अन्धा हुन्छ ।।
गहिरो सागर दूर किनारा
भन्दछ जनता ‘तार न तार ‘
लहराघातको ताँती बार
तैपनि जानै पर्ने पार
थोत्रो नौका प्रतिकूल मौका, सम्मुख कालो भीषण आँधी
देखोस् कसरी यो सब ताण्डव, तिम्रो निश्चल मौन समाधि ?
……………………………………
(नेता डम्बरसिंह गुरुङको निधनमा सन् १९४८मा लेखिएको कविता)
(‘गोर्खा‘, वर्ष ४, किरण १५–१६, अप्रेल २४, १९४८)
(कविताकोशका लागि शब्दसोपानबाट साभार ग्रहण गरिएको)
</poem>