भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह=स...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=सिमलको गीत / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
अप्रेशन थिएटरबाट
फर्किरहेछ एउटा कोलाहल रात
जनरल वार्ड हुँदै क्याबिनतिर,,,

संवेदनाहरूको भारी बाँधेर
अक्षय तृतीयाको अक्षय कामनासँगै
साठीऔँ विवाह-बर्षोत्सवको
श्वैत-सपनाले सजिएकी एकल वृद्धाको
बेहिसाब गुनगुन,
सिलाउन नजान्नेले चिरफार गरेर
छाडिदिएको देशजस्तै
बिरामीहरूको चित्कार,
मभित्र एउटा कोलाहल मच्चाउँदैछ
तर म देख्छु आमाका शान्त आँखाहरू,,,

लाग्छ,
आमाका आँखामा
एउटा युग सुतिरहेछ...
र सुतिरहनेछन् कैयौँ युगहरू
अझै यसरी नै...

एनेक्स...
जिरो जिरो वान...जिरो जिरो वान...जिरो जिरो वान...
ककर्श ध्वनिको यो असामयिक खबर
पागल प्रतिध्वनि
एनेक्स...
जिरो जिरो वान...जिरो जिरो वान...जिरो जिरो वान...
मानौँ भेन्टिलेटरबाट निस्किएको छ
बर्षौँ थुनेर राखेको भोको काल
हात्तीपाइले आतङ्कका खुट्टाहरू बजार्दै
प्रवेश गरिरहेछ आइसियू कक्ष हुँदै यतैतिर ...

सुरु हुन्छ सिस्टरहरूको आकस्मिक भागदौड
डाक्टरी अक्षरजस्तै नबुझिने वार्तालापहरू
एकाएक मगजमा बिउँझन्छ देओनिससको प्रलयातीत सङ्गीत
र कक्ष कक्षमा फैलन्छ
आर्यघाटको किनार र
धुवाँको अशेष जङ्गलजस्तो महाशून्य !

एनेक्स वार्डमा छन्
सबै लक्की नम्बरहरू
म दोहोर्‍याई दोहोर्‍याई पढ्छु- कोठा नं. पाँच सय छ...पाँच सय आठ...
गम्छु,
अस्पतालमा अनलक्की नं. राखिँएको छैन ।

म अन्योलको आधाजसो श्वास छोड्छु
नाम नदिँदैमा अङ्कहरूको
उमेरले फड्को मारेको
आजसम्म थाहा छैन...

हतास आफन्तहरूको रुवाबासी
कुरुवाहरूको चहलपहल र प्रश्नसूचक आँखाहरू हुँदै
मेरो डग्मगाएको विश्वास

अस्पतालको पछिल्लो ढोकाबाट बाहिरिन्छ

संकोचले हेर्छु,
अझै पनि शान्त छन्, आमाका आँखाहरू
उनी गीतझैँ गुन्गुनाउँछिन्-
"अन्तिम विदाइमा मेरो नरुनू नानी तिमी
बनाई बाटो चिप्लो नपोख्नू पानी तिमी"

यो बर्षको पहिलो हरफ गीत
यति मार्मिक होला !
कसैले सोचेकै थिएन सायद,
दोहोर्‍याइरहेपछि
कोइलीले गाएजस्तो पो लाग्दोरहेछ विरह पनि
जिरो जिरो वान...जिरो जिरो वान...जिरो जिरो वान... ।
</poem>
Mover, Reupload, Uploader
10,400
edits