भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मित्रसेन |अनुवादक= |संग्रह= }} {{KKCatKavita}...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मित्रसेन
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
केटी:-
स्वामी ! नजाऊ, छाडी विदेश
स्वामी ! नजाऊ, छाडी विदेश

केटा:-
यस्तो राम्रो रमाइलो देश
यस्तो राम्रो रमाइलो देश
छाडी जाँदैन म त विदेश

केटी:-
स्वामी ! नजाऊ, छाडी विदेश
स्वामी ! नजाऊ, छाडी विदेश

केटा:-
धारामा चिसो भरौँला पानी
धारामा चिसो भरौँला पानी

केटी:-
कोदो फापर छरौँला स्वामी
कोदो फापर छरौँला स्वामी

केटा:-
आहा ! पाहाडमा आनन्द गरौँला हामी

केटी:-
स्वामी ! नजाऊ, छाडी विदेश
स्वामी ! नजाऊ, छाडी विदेश
हेर, आफ्नै मुलुक छ वेश
हेर, आफ्नै मुलुक छ वेश
स्वामी ! नजाऊ, छाडी विदेश

केटा:-
अल्गो डाँडामा सानु गाउँ हाम्रो
डाँडामा सानु गाउँ हाम्रो

केटी:-
जनम भएको ठाउँ हाम्रो
जनम भएको ठाउँ हाम्रो

केटा:-
बिर्सिने पुर्खाको नाउँ हाम्रो
बिर्सिने पुर्खाको नाउँ
हुन्छ लाहुरमा दुःख कलेश
हुन्छ लाहुरमा दुःख कलेश

केटी:-
स्वामी ! नजाऊ, छाडी विदेश
स्वामी ! नजाऊ, छाडी विदेश
</poem>
Mover, Reupload, Uploader
10,400
edits