भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मित्रसेन |अनुवादक= |संग्रह= }} {{KKCatKavita}...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मित्रसेन
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
केटा-
कान्छी तानसेन डुल्न जाऔँ है ?

केटी-
किन जाने ?

केटा-
डुल्न जाने, अरू किन जाने !

केटी-
तानसेन कस्तो छ र?

केटा-
तानसेन कस्तो छ, भनूँ त ?

केटी-
भन्नुहोस् न !

केटा-
बीच बजारमा आठकुने ढोका
तानसेनको शीतलपाटी
बीच बजारमा आठकुने ढोका
तानसेनको शीतलपाटी

सम्झन्दा धरकिन्छ छाती

केटी-
नि, धरधर

केटा-
सम्झन्दा धरकिन्छ छाती

केटी-
नि, धरधर

केटा-
सम्झन्दा धरकिन्छ छाती
तानसेको शीतलपाटी
बीच बजारमा आठकुने ढोका
तानसेनको शीतलपाटी

चौगिरदारिङ्गै चुरौटे पसल
पोते र डोरी झल्कन्छ झलझल

किन्नुहोस् छाँटीछाँटी

केटी-
नि, यही बेला हो

केटा-
किन्नुहोस् बैनी छाँटीछाँटी

केटी-
नि, यही बेला हो

केटा-
किन्नुहोस् बैनी छाँटीछाँटी
तानसेनको शीतलपाटी
बीच बजारमा आठकुने ढोका
तानसेनको शीतलपाटी

ऊ, हेर नानी शीशाको दरबार
रमाइलो रहेछ तानसेनको बजार

नहिन्नु राती राती

केटी-
नि, बुढी भए ?

केटा-
नहिन्नु नानी राती राती

केटी-
नि, बुढी भए ?

केटा-
नहिन्नु नानी राती राती
तन्नेरीहरू बुलबुले ललकाई
डुल्दैछन् टर्च बिजुली झल्काई

नजर नडुलाऊ माथि

केटी-
नि, पल्लो बेला ?

केटा-
नजर नडुलाऊ माथिमाथि

केटी-
नि, पल्लो बेला ?

केटा-
नजर नडुलाऊ माथिमाथि
तानसेनको शीतलपाटी
बीच बजारमा आठकुने ढोका
तानसेनको शीतलपाटी
बीच बजारमा आठकुने ढोका
तानसेनको शीतलपाटी
</poem>
Mover, Reupload, Uploader
10,400
edits