भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जटारह / मधुधारा अधिकारी

3,552 bytes added, 04:24, 6 फ़रवरी 2022
'{{KKGlobal}} {{KKRachna |रचनाकार=मधुधारा अधिकारी |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मधुधारा अधिकारी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
हिमगिरि माथी तीर्थ जटारह"
नामक एउटा स्नान निमत्त।
श्रावणीका दिन कति नरनारी
जान तयारी अर्पित चित्त।

लिई दृढ लाठी खहरे काटी
मार्ग नसीधा अति तल माथि।
छिरिरिरि धररर कुलु कुलु जलको
कटिमा पुगने कहिले छलको।

सलबल जूका बहुदिन भोका
बल्ल बने तो शोणित पोका।
घ्वाङ ‘घ्वाङखोलो’ गर्छ कोहोलो
गिरिका माथी सेतो चोलो।

झम्म निगालो भुलिने बाटो
कहिँ कहिं मिल्ने अधिक राटो।
बुलु छिरु विषको राग ननीको
काँपे धनिजन कहिँ लहनीको।

बाटो हेर्दा झर्छ पछ्यौरा
चुप चुप भन्छन् पक्षी न्यूरा ।
घाँटि सुक्यो शिव! पानी छैन
छेउनिचोरी जलको चैन।

ठाडि उकाली माने डाँडो
शिव शिव ! गलियो नहिडौँ चाँडो।
लदि यदि वनमा त्यो सुनपाती
चौरी गोठ छ डाँडा माथी।

मोहि पकाई ‘सेगिंम' 'छुर्वी’
बेचन भोटेहरूको उर्दी।
अलि अलि तेर्सो आयो बल्ल
विचरा कतिले छादे हल्ल।

जय सरकार, थर्पु तयार,
हल चल रोक्न छन् सुविदार।
विरि विरि पानी तेर्सो बर्स्यो
झाँक्री भन्दछ ढ्याङ्ग्रो खस्यो।

सातु कुरौनी पीरो चाट्यो।
अरु सब खाना बनिगो काँचो।
जाग्रित राती जनको ताँती
रिमि रिमि जब भो चढिगो माथी।

टल पल जलको पडसुर रह छ
झरना एक झरझर झरछ।
वरिपरि प्रकृतिनिर्मित वाग
उसको थरिथरि मग मग राग।

स्नान गयो तिहिँ रुद्रि पढायो
चिन्तित मनको चीज चढायो
'चावा भरच छ' झरना सकियो
जसमा पञ्चम पोखरि कहियो।

निर्विषी कुटकी भैरुम पाती
औषधिहरू छन् जाती जाती।
घुम्ने जनको वरि परि माला
ढुंगा रङ रङ फुस्रा काला।

जल अति निर्मल हीरा सरिको
क्रीडा स्थल हो शिव घृर्जटिको।
</poem>
Mover, Reupload, Uploader
10,400
edits