भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
'{{KKGlobal}} {{KKRachna |रचनाकार=कृष्णप्रसाद पराजुली |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=कृष्णप्रसाद पराजुली
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

राम्रो लाग्छ नदी सुसाउँछ जहाँ शोभिन्छ छायाँ पनि
आशा जाग्छ प्रभात-सान्ध्य क्षणमा सन्देश भर्छन् ध्वनि
त्यो बेला किन हो स्वयं लय भई चम्कन्छ रे लोचनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी

रातै नीद भयो, भयो फरक के फर्की उषा आउँछ
पैलेदेखि अझै निरन्तर हुँदै धर्ती सदा गाउँछ
छर्दै छन् मुटुका कथा कति यहाँ छन्दै पियारो बनी
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी

गाऊँ गीत र काव्यका स्वर छरुँ, रेटुँ कि तारै बसी
जे गर्दा पनि छर्छु रे हृदयका पन्नाहरूमा खुसी
स्वादै तिक्खर हुन्छ, दिन्छ रस त्यो टाँकिन्छ छातीमनि
बढ्दै छन् रसछन्दमा कविहरू लाग्दा मीठो मोहनी!
</poem>
Mover, Reupload, Uploader
10,400
edits