4,309 bytes added,
07:59, 12 जनवरी 2023 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=अबीर खालिङ
|अनुवादक=
|संग्रह=
}}
{{KKCatNepaliRachna}}
<poem>
मसँग त विश्वासघात,
दुर्व्यवहार र लाञ्छनाको
कालो इतिहासमात्र छ
छि:छि:, पर पर र
सानीमाको कोखमात्र छ।
कति खोज्नु
म
म नै भएको प्रमाणपत्र
मेरो स्वत्वको प्रमाणिकता
कति माँग्नु अरूलाई?
न हाँस्नलाई कञ्चनजङ्गा छ
न रुनलाई टिस्टा रङ्गीत।
चर्नलाई बन्दकीमा परेका
चियाबारीहरू छन्/कुलेनघारीहरू छन्।
जब जब निद्राबाट ब्युँझन्छु
एउटा बेटुङ्गोको ठाउँ /ठहरमा
ब्युँझन्छु
कहालीलाग्दो सहरमा ब्युँझन्छु
र ब्युँझनुका भ्रमले
म आत्तिन थाल्छु
मेरो छोरोको अम्मल डम्मल खेल्ने आँगन खोई
मेरो नाति/खनातिलाई
चोखो सास फेर्दै फिरफिरे कुदाउने बाटो खोई ?
सञ्चले निदाउन सक्दिनँ
उसका लामा लामा हातहरू
मेरा घाँटी निमोठ्न आइपुग्छन्
मेरो घाँटी निमोठेर
जिब्रो थुत्न खोज्छन्
उसका घाती आँखा
मेरो सातो टिप्न आउँछन्
मलाई जहिल्यै तँ को होस् भनेर सोध्ने गर्छन्
मेरो जात/थर/गोत्र खोदल्ने गर्छन्।
जीवन थीङ दाजु!
तपाईँभन्दा म धेरै अभागी छु ।
मेरो आफ्नो
बुर्कुसी मारी मारी देउसी खेल्ने आँगन छैन
छोरीलाई भैलिनी भट्याउन
हरियो गोबरले लिपेको
सिकुवा छैन
छैनहरूमात्र छन् मेरा जेथा
रिक्थमा पाएका।
कुनैदिन
गान्तोकको एम जी मार्गमा
म मेरो ढाँडका घावहरू देखाउनेछु
आङका निला निला डामहरू देखाउनेछु
कसरी खेलिएको छु शिकार म
कसरी खेदिएर मारिएकी छु म मृग
सदाम वा नाम्चीको पाखामा
तपाईँलाई देखाउनेछु।
तपाईँ रुँदा
तपाईँका आँसु पुछिदिने आफन्तहरू छन्
रुँदा बुझिदिने सहगोत्रीहरू छन्
भोक लाग्दा
पानीमा रुझ्दा
मर्म बुझ्ने सन्तानहरू छन्।
तपाईँलाई साँधसिमाना भएको
सार्वभौम किपट गुमाउनुको पिडा छ
तर सयपत्री रोप्ने आफ्नो नामको घरबारी छ
टाउको ठाडो पारेर हेर्ने आफ्नो कञ्चनजङ्गा छ
सिङ जोर्नलाई बाजे बराजूको वीरता छ।
मैले ओत माँगेभने
मलाई भोक लाग्यो भने
दिउँसै सहरमा मेरो शिकार गर्ने
वैरीमात्र छन्
भन्नुहोस् जीवन दाजु ! म कति अभागी छु।
</poem>