Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= पारिजात |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= पारिजात
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
के तपाईँले थाहा पाउनु भो’ भन्दै
रुख, बिजुलीको लट्ठा र लेटर बक्सलाई
समेत मान्छे ठानेर
मान्छे नै मानेर
घच्घच्याउँदै हिँडिरहेछ
एउटा सन्तुलित सत्य बोकेको
असन्तुलित मान्छे ,
उसले केवल मान्छेलाई घच्घच्याउँदै छैन
उसले भित्तालाई समात्दै छ
माइलस्टोनलाई पनि तान्दै छ र सोध्दैछ
के तपाईले थाहा पाउनु भो ?
नेपाल भर्खरै मर्‍यो नि !
ट्रकले कुल्चिएर मरेको
रोडा बोक्ने बालकको मृत्युमा
उदास छाप्रोमा पर्खिरहेको
उसको एक मात्र अन्धो बाबुको
आँखाको निश्छल पुतलीमा
नेपाल भर्खरै मर्‍यो ।



</poem>
Mover, Reupload, Uploader
10,426
edits