भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

Changes

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मार्चपास / गीता त्रिपाठी

2,990 bytes added, 14:15, 4 सितम्बर 2024
'{{KKGlobal}} {{KKRachna |रचनाकार= गीता त्रिपाठी |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
केही मिठा
केही सुरिलाधुनहरू फेरिनु
र फेरिनु तिनमा गाइने गीतका पङ्तीहरू
लहरै उभिनु एउटै हरफमा र
नायक हुनु जनता
जनताले नै गुन्गुनाउनु राष्ट्रगान
आजको मुक्तिदिवशमा केही यस्तै हुनुपर्ने होइन र ?

यति ठूलो अन्तरालपछि पनि
त्यत्ति नै त खोजेका हौं हामीले
जे खोज्थे ती दिनहरूमा देवकोटा र रिमालहरू
काजीदाइ र व्यथितहरू
न त्यो बेला न यो बेला
कतै छैन जनताले उभिने ठाउँ यो देशमा
मात्र नेताको मकुन्डो लगाएका
अभिनेताहरू उभिन्छन्
प्राचीनकालका तान्त्रिकजस्ता
जादुको भाषा बोल्छन्
ती स्वतन्त्रताको महाअभियानमा
मात्र मार्चपास गर्छन् टुँडिखेलमा

घाम लाग्नु बिहानै
चराहरूले गाउनु
वसन्तमा फूलहरू फक्रनु
र कविता बनाउनु तिनैका प्रेम उनेर
यी सबै त प्राप्त छन् अनादिदेखि
मात्र मान्छेको स्वतन्त्रताको अर्थ
अझै निरर्थक छ यो गणतन्त्रमा

बन्दुकमा खोपिएको बाँसुरीबाट
खै कतिन्जेल निकाल्ने हुन् यो कर्कश धुन
मुक्तिको अर्थमा जीवन
मात्र अभावको लयमा निर्वासित भइरहेछ

खुसी लहर झैँ उठ्नु
झण्डाझैँ फहराउनु राष्ट्रियता
नछोड्नु हात कसैले कसैको
र, एउटै स्वाभिमानले चुलिनु
नायक हुनु जनता
जनताले नै गुन्गुनाउनु आफ्नो स्वतन्त्रताको अभिगान
आजको मुक्ति दिवशमा केही यस्तै हुनुपर्ने होइन र ?

०००
</poem>
Mover, Reupload, Uploader
10,426
edits