भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
Changes
Kavita Kosh से
'{{KKGlobal}} {{KKRachna |रचनाकार= मोमिला |अनुवादक= |संग्रह= }} {{KKCatKavita}} {{K...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= मोमिला
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
एकदिन गाउँमा, जुनेलीले
जवानीको भएभरको साहस बटुलेर
प...र, भीरमा भीरमौरीको मह काढी
र आफूले नखाईकन सहरमा लगेर बेचेपछि
शानसँग सहरकै एउटा स्टुडियो पसी ।
त्यहाँको वारपार भित्ताभरिको पोस्टरको चउरमा
फूलै फूलको बीच उभिएको बडेमाको रूखमा अडेसिएर
फूलभन्दा नि अझ रङ्गिलो पाराले
राजकुमारीजस्तो
सीमान्त रहरको एउटा तस्बिर खिचाई ।
हो, त्यही राजकुमारीजस्तो हुलियाको तस्बिर !
जुनेलीकोे जीवनमा
सबैभन्दा महङ्गो रहर थियो
हरेक बिहान बिउँझदा, जुनेली
आँखा जुध्ने गरी टाँगिएको
मान्छेजत्रै त्यो तस्बिर देखेपछि
आफ्नै जवानीसँग लजाएर मुस्कुराउँदै भाग्थी
र स्वप्नबगैँचामा स्वप्नराजकुमारको अँगालोमा पुग्थी
लजाएर मुस्कुराएकी जुनेली–मुहारको उज्यालो, सायद
गाउँको भीर कन्दरालाई पनि महसुस हुन्थ्यो ।
एकदिन त तस्बिर भित्तामै छाडिराखेर
जुनेली रातमा जूनसँगै, जुनेली
गाउँैँलाई औँसीको अँध्यारो थमाई
पहाडपारि कता डुबी डुबी
कसैलाई पत्तै भएन ।
जून त फेरि फेरि उदाउँथ्यो आकाशमा
तर, जुनेली बर्षौँ वर्ष उदाइन ।
एक्कासि जुनेली
औँसीको रात बोकी अनुहारमा
आफ्नो जवानी अरबमै रित्याएर
बाआमाबिनाको सुनसान घरमा सुटुक्क पसी
र औँसीमै जन्माई छोरो !
कर्मपुत्र छोरोलाई
धर्मपुत्र बनाएर अरब लग्यो छोराकै बाउले !
बिल्कुल सुनसानमा
बिहान उठ्दा जुनेली
जब, त्यही तस्बिर देख्छे
लजाएर भाग्दा ठोक्किन्छे अरबमा
र जिन्दगीको पहराबाट झ¥याम्म खस्छे !
च्यातचुत तस्बिरका सयौँ टुक्राहरुमा
छियाछिया भई टुक्रिन्छे !
रुँदै तस्बिर जोड्दै जोड्दै
आफूलाई पनि जोड्दै जान्छे...
तस्बिर त कसैगरी जोडिन्छ
तर, पहिलेजस्तो सुन्दर पटक्कै देखिन्न
तस्बिरसँगै टुक्रिएर जोडिएकी जुनेली पनि
च्यातिएर जोडिएको
त्यही कुरुप तस्बिरजस्ती दुरुस्त देखिन्छे !
जुनेली सपनाको अवशेष त्यो तस्बिर
न त नटाँग्न नै सक्छे
न त टाँगेर रमाउन नै सक्छे ।
बिहान सपनाबाट झस्केर बिउँझदा
तस्बिरसँगै टुक्रिएर जोडिएजस्ती जुनेली
मान्छेजत्रै त्यो विरुप तस्बिर देखेपछि
आफ्नै जवानीलाई धिक्कार्दै
आक्रोशमा फेरि तस्बिर च्यात्छे
र तस्बिरसँगै आफू पनि अझ विरूप भएर टुक्रिन्छे ।
यसरी हरबिहान जुनेली
दैनिकीजस्तो तस्बिर च्यात्दै जान्छे
आफू पनि टुक्रिँदै जान्छे
तस्बिर च्यातेर–च्यातेर धुजा पारेर सक्छे जब
सपनाहीन जुनेली
आफू पनि टुक्रिएर–टुक्रिएर अर्थहीन समाप्त हुन्छे !
त्यो राजकुमारीजस्तो
तस्बिरको हुलिया बोकेकी
जुनेलीका नाममा
टुक्रिनलाई अब—
न त कुनै तस्बिर बाँकी छ !
न त कुनै सपना नै बाँकी छ !!
०००
</poem>
{{KKRachna
|रचनाकार= मोमिला
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
एकदिन गाउँमा, जुनेलीले
जवानीको भएभरको साहस बटुलेर
प...र, भीरमा भीरमौरीको मह काढी
र आफूले नखाईकन सहरमा लगेर बेचेपछि
शानसँग सहरकै एउटा स्टुडियो पसी ।
त्यहाँको वारपार भित्ताभरिको पोस्टरको चउरमा
फूलै फूलको बीच उभिएको बडेमाको रूखमा अडेसिएर
फूलभन्दा नि अझ रङ्गिलो पाराले
राजकुमारीजस्तो
सीमान्त रहरको एउटा तस्बिर खिचाई ।
हो, त्यही राजकुमारीजस्तो हुलियाको तस्बिर !
जुनेलीकोे जीवनमा
सबैभन्दा महङ्गो रहर थियो
हरेक बिहान बिउँझदा, जुनेली
आँखा जुध्ने गरी टाँगिएको
मान्छेजत्रै त्यो तस्बिर देखेपछि
आफ्नै जवानीसँग लजाएर मुस्कुराउँदै भाग्थी
र स्वप्नबगैँचामा स्वप्नराजकुमारको अँगालोमा पुग्थी
लजाएर मुस्कुराएकी जुनेली–मुहारको उज्यालो, सायद
गाउँको भीर कन्दरालाई पनि महसुस हुन्थ्यो ।
एकदिन त तस्बिर भित्तामै छाडिराखेर
जुनेली रातमा जूनसँगै, जुनेली
गाउँैँलाई औँसीको अँध्यारो थमाई
पहाडपारि कता डुबी डुबी
कसैलाई पत्तै भएन ।
जून त फेरि फेरि उदाउँथ्यो आकाशमा
तर, जुनेली बर्षौँ वर्ष उदाइन ।
एक्कासि जुनेली
औँसीको रात बोकी अनुहारमा
आफ्नो जवानी अरबमै रित्याएर
बाआमाबिनाको सुनसान घरमा सुटुक्क पसी
र औँसीमै जन्माई छोरो !
कर्मपुत्र छोरोलाई
धर्मपुत्र बनाएर अरब लग्यो छोराकै बाउले !
बिल्कुल सुनसानमा
बिहान उठ्दा जुनेली
जब, त्यही तस्बिर देख्छे
लजाएर भाग्दा ठोक्किन्छे अरबमा
र जिन्दगीको पहराबाट झ¥याम्म खस्छे !
च्यातचुत तस्बिरका सयौँ टुक्राहरुमा
छियाछिया भई टुक्रिन्छे !
रुँदै तस्बिर जोड्दै जोड्दै
आफूलाई पनि जोड्दै जान्छे...
तस्बिर त कसैगरी जोडिन्छ
तर, पहिलेजस्तो सुन्दर पटक्कै देखिन्न
तस्बिरसँगै टुक्रिएर जोडिएकी जुनेली पनि
च्यातिएर जोडिएको
त्यही कुरुप तस्बिरजस्ती दुरुस्त देखिन्छे !
जुनेली सपनाको अवशेष त्यो तस्बिर
न त नटाँग्न नै सक्छे
न त टाँगेर रमाउन नै सक्छे ।
बिहान सपनाबाट झस्केर बिउँझदा
तस्बिरसँगै टुक्रिएर जोडिएजस्ती जुनेली
मान्छेजत्रै त्यो विरुप तस्बिर देखेपछि
आफ्नै जवानीलाई धिक्कार्दै
आक्रोशमा फेरि तस्बिर च्यात्छे
र तस्बिरसँगै आफू पनि अझ विरूप भएर टुक्रिन्छे ।
यसरी हरबिहान जुनेली
दैनिकीजस्तो तस्बिर च्यात्दै जान्छे
आफू पनि टुक्रिँदै जान्छे
तस्बिर च्यातेर–च्यातेर धुजा पारेर सक्छे जब
सपनाहीन जुनेली
आफू पनि टुक्रिएर–टुक्रिएर अर्थहीन समाप्त हुन्छे !
त्यो राजकुमारीजस्तो
तस्बिरको हुलिया बोकेकी
जुनेलीका नाममा
टुक्रिनलाई अब—
न त कुनै तस्बिर बाँकी छ !
न त कुनै सपना नै बाँकी छ !!
०००
</poem>