भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
विश्वास / उपेन्द्र सुब्बा
Kavita Kosh से
देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छ्याप्पै छोपिएर
एउटा ढुङ्गा देउता भएर बसेको छ।
देउता ढुङ्गा पनि हुन सक्छ
ढुङ्गा देउता पनि हुन सक्छ
मात्र विश्वासमा।
त्यही विश्वासमा
निर्बलहरु बल माग्दै ढुङ्गासामु माथा टेक्छन्
गरिबहरु धन माग्दै ऋण गरी बोका काट्छन्
दु:खीहरु सुख माग्दै रुइकराइ भाकल गर्छन्
विश्वास यति घाती छ कि!
नाथे एउटा ढुङ्गाले पनि
यसरी मान्छेको शोषण गर्छ।