भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

विसङ्गत माया / कृष्ण पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो जून जस्तै शीतल
र सरल
तिमी भए
घरको ढोका र झ्याल थुनेर, कापबाट
सँधै–सँधै
दिनको एकपल्ट मात्र भएपनि
नबिर्सीकन
नहेरे जस्तो गरेर
तिमीलाई हेर्थे
तर यसको विपरित
तिमी त घाम हौँ त्यसैले
हेर्न चाहेर पनि
मेरो आँखाले उत्तर दिन्छ
म हेर्न सक्तिन !
म हेर्न सक्तिन !!