वृन्दावनमा कृष्णको आसन
वरिपरि फूलको वासना
हावा सिरिरी
मन खोली बाँसुरी बजाऊ तिरिरी
भँवराले फूल छोयो चल्नै छाड्यो वास
लुकिचोरी भेट्नु पर्योै बढ्दै छ यो सास
हिमालदेखि तिमालसम्म चलिसक्यो कुरा
धोका दिए आफैँलाई घोपिदिन्छु छुरा
रिसाए नि दिल खोली हाँसन
वरिपरि फूलको वासना
हावा सिरिरी
मन खोली बाँसुरी बजाऊ तिरिरी
गोपिनीको कुरै छोड म हुँ राधारानी
मनभरि प्यास तर आँखाभरि पानी
शीरदेखि पाउसम्म तिम्रै लाग्छ आश
छोडिगए आफैँलाई गरिदिन्छु नाश
दिए पनि मायाले शासना
वरिपरि फूलको वासना
हावा सिरिरी
मन खोली बाँसुरी बजाऊ तिरिरी