भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

वैरीको धोका होइन नि दाजै आफ्नैको कुरा यो / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बहिनी
 
वैरीको धोका होइन नि दाजै आफ्नैको कुरा यो
पराईले होइन आफ्नैले झुक्याई चला'को छुरा यो
 
दिनदिनै घाउ गढ्दैछ मनमा उगुज पर्दैछ
कोपिला सानो कसरी फुल्ला चोटले झर्दैछ
उमङ्ग छैन, उत्साह छैन, उदास छ सपनी
सुर्ता छ, मनमा पीर छ, दाजै टुट्दैछु म पनि
 
परेलीभरि तरेली परी बग्दैछ अतीत
कलेजीभरि रोएर बस्छन् सम्झना कति त
अल्झिन्छन् दाजै यी पाइला अचेल बन्दी छन् रहर
बिहानले ल्याउँछ रगतले लेखी मृत्युका खबर ।